कीवर्डहरू -

आईटी कम्पनीहरूको संस्था नास आईटीले भन्योः बजेट सकारात्मक छ, सहकार्य गर्न तयार छौं  

आईटी कम्पनीहरूको संस्था नास आईटीले भन्योः बजेट सकारात्मक छ, सहकार्य गर्न तयार छौं  

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज (नास आइटी) कम्पनीले नेपाल सरकारले ल्याएको बजेट सकारात्मक भएको भन्दै खुशी व्यक्त गरेको छ ।

सरकारले आगामी बजेटमार्फत देशको आर्थिक विकासका लागि सूचना प्रविधि क्षेत्रको सम्भावनालाई पहिचान गरेको भन्दै  नास आईटीले खुसी व्यक्त गरेको हो ।

नास आइटीका अध्यक्ष रिचन श्रेष्ठले संस्थाको नीति संशोधन अनुरोधलाई सरकारले स्वीकार गरेको जानकारी दिए । श्रेष्ठले बजेटको प्रशंसा गर्दै नेपाल अब प्रविधिको हब बन्नतर्फ अग्रसर भएको बताए ।

सरकारले बजेटबाट सूचना प्रविधि क्षेत्रका लागि वैदेशिक लगानीको सीमा हटाउने घोषणा गरेको छ । यसले प्रविधि कम्पनीहरूका लागि नयाँ सम्भावनाहरू खोलेको संस्थाको भनाइ छ ।

यसले राष्ट्रिय तथा विश्वव्यापी प्राविधिक व्यक्तिहरू बीचको दूरीलाई कम गर्ने, ज्ञान आदानप्रदानलाई सहज बनाउने, नेपाली डायस्पोरालाई परिचालन गर्न सहयोग गर्ने र नेपाली आईटी कम्पनीहरूको पहुँचलाई फराकिलो बनाउने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

बजेटले प्रविधो कम्पनीहरुलाई आफ्नो वैदेशिक राजस्वको १० प्रतिशत विदेशमा शाखा कार्यालय स्थापना गर्न लगानी गर्ने अनुमति समेत दिएको छ । यसले अझ प्रभावकारी मार्केटिङ र बिक्री गतिविधिहरू गर्न, राम्रो ग्राहक सेवा दिन, र तिनीहरूको डेटा र बौद्धिक सम्पत्ति सुरक्षाको सम्बन्धमा ग्राहकको विश्वास बढाउन मद्दत गर्ने आईटी कम्पनीहरूको विश्वास छ ।

बजेटले सरकार, निजी क्षेत्र र उद्योगबीचको सहकार्यको आवश्यकतालाई मान्यता दिएको छ । बजेटमा घोषणा भएका कुरालाई कार्यान्वयन गर्न र अवसरहरूको फाइदा उठाउन सरकार र अन्य सरोकारवालाहरूसँग नजिकबाट काम गर्ने समेत नास आईटीले प्रतिबद्धता जनाएको छ ।