बुधबार, १७ असोज, २०८०
Wednesday, 04 October, 2023

भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाका लागि राष्ट्र बैंकले जारी गर्‍यो साइबर रेजिलेन्स गाइडलाइन्स

नेपाल राष्ट्र बैंकले साइबर रेजिलेन्स गाइडलाइन्स जारी गरेको छ । बढ्दो गएको साइबर जोखिमलाई ध्यानमा राख्दै बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिप्राप्त संस्थालाई साइबर रेजिलेन्स गाइडलाइन्स जारी गरेको हो । 

विद्युतीय कारोबारमा आएको व्यापक वृद्धिसँगै वृद्धि भएको साइबर जोखिमको पहिचान, विश्लेषण तथा व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउन गाइडलाइन्स जारी गरेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक, वित्तीय संस्था एवं भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि साइबर रेजिलेन्स गाइडलाइन्स जारी गरिएको हो । 

गाइडलाइन्समा साइबर रेजिलेन्सको रणनीति, फ्रेमवर्क, पहिचान, संरक्षण, रेस्पोन्स, रिकभरी, टेस्टिङ, अवेयरनेस लगायतका विषयहरू समेटिएका छन् । 

यस्तो छ गाइडलाइन्स 

सम्बन्धित समाचार