कीवर्डहरू -

उच्च प्रविधि युक्त जेसिस्टको राया-जीइलेक्ट्रिक स्कुटर नेपाली बजारमा

उच्च प्रविधि युक्त जेसिस्टको राया-जीइलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको बेला इन्डोनेसियाको जेसिस्ट टेक्नोलोजीमा निर्मित जेसिस्ट राया-जी विद्युतीय स्कुटर नेपाली बजारमा आएको छ । स्कुटर ए मभि दुगड ग्रुप अन्तर्गत विवेक अटोमोवाईस् प्रालिले जेसिस्ट राया-जी इलेक्ट्रिक स्कुटर हालसालै बजारमा ल्याएको हो ।

कम्पनीले यस अघि जेसिस्ट जीवान ९न्ज्ञ० स्कुटर बजारमा पठाएपछि प्रयोगकर्ताको राम्रो प्रतिक्रिया र अझ प्रविधि मैत्रीस्कुटरको माग पश्चात जेसिस्ट राया-जी इलेक्ट्रिक स्कुटर बजारमा ल्याइएको हो । विशेष गरि युवाहरुलाई लक्षित गरी ल्याइएको यो स्कुटर नेपाली माटो र भू-धरातल सुहाउँदो भएको कम्पनीको दावी छ ।

अत्याधुनिक प्रविधियुक्त भएको यो स्कुटर दुई वटा मोडमा चलाउन सकिन्छ । पहिलो लो मोडमा ५२ किलो मिटर प्रति घण्टा र दोस्रो हाई मोड जसमा ७५ किलोमिटर प्रति घण्टाको दुरिमा चलाउन सकिन्छ । यस स्कुटरको मोटर पिक पावर ३ हजार वाट रहेको छ । स्कुटरको सबै भन्दा राम्रो पक्ष भनेको मिड ड्राइभ मोटर, बेल्ट ड्राइभ सिस्टम, स्विङ आर्म सिस्टम र पछाडी मोनो सकका साथै डिजिटल डिस्प्ले रहेको छ ।

जसले गर्दा स्कुटर पानी, हिलो, अफ रोड (ग्रावेल), उकालो बाटोको लागि अति नै उपयुक्त छ । त्यस्तै अर्को राम्रो पक्ष भनेको मोबाइल चार्जिङ प्वाइन्ट २ वटा एकै ठाउँमा राखिएको छ ।सेफ्टी सुरक्षाको लागि दुवै तिर डिक्स ब्रेक दिइएको छ भने एचआइडी प्रोजेक्शन हेड लाइट सिष्टम जडान गरिएको हुँदा रातको समयमा टाढा सम्म चम्किलो प्रकाश प्रदान गर्ने भएकाले यात्रा गर्न सहज हुनेछ ।

यस स्कुटरमा ७२ भोल्ट २० एम्पिएर क्षमताको ब्याट्री प्रयोग गरिएको हुन्छ, जसलाई चार्ज फुलगर्न ३ घण्टा लाग्ने छ । कम्पनीले ब्याट्रीमा ३ वर्ष ग्यारेन्टि र १ हजार चार्जिङ साइकल दिइएको छ । त्यस्तै स्कुटरमा २ वटा ब्याट्री रहेको छ । एउटा ब्याट्रीको वजन ८ के.जि.को छ, जसले गर्दा सजिलै सँग बोकेर चार्ज गर्ने ठाउँसम्म लैजान सकिन्छ ।

स्कुटरमै पनि चार्जिङ्ग प्वाइन्ट समेत राखिएको हुँदा सिधै चार्ज गर्न पनि सकिने छ । यसको रेन्ज सिंगल ब्याट्रीले ६० किलोमिटर र डबल ब्याट्रीले १२० किलोमिटर यात्रागर्न सकिन्छ । साथै यस मोडेलमा साइड स्ट्याण्ड कट आवट सेन्सर प्रदान गरिएको छ ।

राया-जी स्कुटर म्याट रातो, म्याट सिल्भर र म्याट निलो गरि तीन वटा कलरमा उपलब्ध छ । यसको मूल्य रु. ३ लाख २० हजार पर्नेछ, भन जेसिस्ट जीवान स्कुटरको मूल्य रु ३ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ । यो स्कुटर रातो, सेतो र कालो गरितीन वटा कलरमा उपलब्ध छ । उच्च प्रविधियुक्त टेक्नोलाजि जडित यो स्कुटर सबैको रोजाईको साधन बन्ने कम्पनीको विश्वास छ ।

विश्वभर वातावरणीय प्रदुषण बढिरहेको अवस्थामा विद्युतिय स्कुटर प्रवद्र्धन गर्दै आम उपभोक्तालाई बानी पार्न सकेमा वातावरणीय संरक्षणमा समेत टेवा पुग्ने छ ।