बुधबार, १७ असोज, २०८०
Wednesday, 04 October, 2023

प्रविधि पत्रकार मञ्‍चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित

प्रविधि पत्रकार मञ्‍च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १० औं वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् । यस्तै सह-सचिवमा रक्षा रेग्मी र कोषाध्यक्षमा अनिल न्‍यौपाने निर्विरोध निर्वाचित भएका छन् । 

संस्थाको कार्यसमिति सदस्यमा अभिषेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।


 

सम्बन्धित समाचार