कीवर्डहरू -

डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य

यसरी घटाऔ डिजिटल डिभाईड

डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य

कोरोना भाईरसको माहामारीले संसारलाई अत्याईरहेको छ र अझ केहि समय अत्याउने देखिन्छ । सामाजिक दुरिको नियम पालना गर्नुपर्ने हुँदा व्यापार , व्यवसाय ,उद्योग लगातय शिक्षा क्षेत्र नराम्ररी प्रभावित भईरहेका छन भने मानिसको जिवनशैलि पनि फेरिएको छ ।

यसै विच ईन्टरनेटमा आधारित शिक्षाका साथै ईन्टरनेटमा आधारित व्यापार (ई-कमर्श )को बहस फेरि सतहमा आएको छ। हाम्रा छिमेकी देश लगायत अन्य देशहरुले प्रविधिमा निकै फड्को मारिसकेको अवस्थामा हामी भने प्रविधिको प्रयोग र यसको महत्व विपत्तिमा मात्र सम्झिने गरेको यथार्थ जागजहरै छ ।

हामीले पनि ईन्टरनेटको प्रयोगमा निकै फड्को मारेका छौं तर ईन्टरनेटको प्रयोग तिव्र रुपले वढेपनि हामी हौसिहाल्नुपर्ने अवस्था भने पक्कै छैन ।

ई-कमर्शको व्यवस्था राम्रो हुँदा हो त लकडाउनको समयमा पनि अर्थतन्त्र धैरै गिर्न नदिन यसले टेवा पुर्याउथ्यो नै साथसाथै कोरोनाको त्रासले घरमै थुनिनुपरेका मानिसलाई पनि निकै सहज हुन्थ्यो ।त्यसरी कोरोना माहामारीले शिथिल भएको शिक्षा क्षेत्रलाई गतिशिल बनाउन ई-लर्निङ्ग जस्ता प्रविधिले पक्कै सहयोग गर्थ्यो तर देश भर ईन्टरनेट पूर्वाधारको अभाव र डिजिटल साक्षरताको कमिले गर्दा हामीलाई अगाडी वढ्न कठिन भइरहेको छ।

नेपाल दुरसंचार प्राधिकरणले गएको पौषमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल जनसंख्याको ७२.१६ प्रतिशत मानिससंग ईन्टरनेटको पहुच छ । सन् २०११ सम्म ९ प्रतिशत नेपाली जनताको पंहुचमा ईन्टरनेट थियो भने सन् २०१७ मा आईपुग्दा यो आकडा ६३ प्रतिशत पुगेको थियो । यसरी हेर्दा हामीले पनि ईन्टरनेटको प्रयोगमा निकै फड्को मारेका छौं तर ईन्टरनेटको प्रयोग तिव्र रुपले वढेपनि हामी हौसिहाल्नुपर्ने अवस्था भने पक्कै छैन ।

\"\"

यसैविच नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा अगाडी सारेको छ जस अन्तर्गत स्चास्थ्य , शिक्षा, कृषि पर्यटन लगायतका क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी समृद्धिको दिशामा अगाडी वढ्ने लक्ष्य लिइएको छ । अव स्वभाविक प्रश्न उठ्न सक्छ सूचना प्रविधिको उच्चतम प्रयोग गरी फाईदा लिन हामी सँग भएका ईन्टरनेटका पूर्वाधार पर्याप्त छन। ईन्टरनेट पूर्वाधारको विकासमा ध्यान दिन धेरै ढिला भएन र ?

समस्या कँहा छ ?

७२.१६ प्रतिशत जनसंख्यामा ईन्टरनेटको पहुच निकै आशालाग्दो आकडा भएतापनि यसलाई केलाएर हेर्ने हो भने ७२ . १६ प्रतिशत मध्य १६ . १० प्रतिशतले मात्र अप्टिकल फाईवर वा केवल माआधारित ईन्टरनेट प्रयोग गर्दछन भने करिव ५६ प्रतिशतले मोवाईल ईन्टरनेटको प्रयोग गर्दछन।

केवल वा अप्टिकल फाईवरको विस्तार ग्रामिण ईलाकासम्म नहुनु र सेवा शुल्क निकै मंहगो हुँदा धेरै जनताहरु ईन्टरनेटको लागि मोवाईलमै भर परिरहनु परेको सर्वविदितै छ ।

एउटा किसानले आफ्नो खेति सम्वन्धि जानकारी ईन्टरनेट वाट लिन/दिन सकेको खण्डमा , एउटा विद्यार्थीले ईन्टरनेटको प्रयोग गरी आफ्नो ज्ञानको दायरा फराकिलो वनाउन सकेको खण्डमा ईन्टरनेटको साथर्कता रहनेछ नत्र भने ईन्टरनेट डिजिटल दुर्वयसनिको रुपमा स्थापित हुने खतरा छ ।

अव कुरा आउछ ईन्टरनेट प्रयोग गरिरहेकाले पनि ईन्टरनेटलाई आफ्नो जिवनशैलि र अर्थोपार्जन लाइ सकरात्मक दिशातिर वढाउनको निमित्त प्रयोग गरिरहेका छन् कि ईन्टरनेट भनेको फेसवुक मात्र हो भन्ने बुझाईले पारिवारिक कलह देखि लिएर फेक न्युजको शिकार भईरहेका छन ।

एउटा किसानले आफ्नो खेति सम्वन्धि जानकारी ईन्टरनेट वाट लिन/दिन सकेको खण्डमा , एउटा विद्यार्थीले ईन्टरनेटको प्रयोग गरी आफ्नो ज्ञानको दायरा फराकिलो वनाउन सकेको खण्डमा ईन्टरनेटको साथर्कता रहनेछ नत्र भने ईन्टरनेट डिजिटल दुर्वयसनिको रुपमा स्थापित हुने खतरा छ ।

ईन्टरनेट प्रयोग मात्र गर्छु भन्नु र ईन्टरनेटको सुरक्षित तरिकाले प्रयोग गर्नुमा निकै भिन्नता छ ।डिजिटल पेमेन्ट तथा ईन्टरनेटको माध्यमवाट हुने अपराधमा भईरहेको वढुवाले झन ईन्टरनेटको सुरक्षित प्रयोगको महत्व झल्काईदिएको छ ।ईन्टरनेटका पहुँच भएका मध्य कति प्रतिशत जनता सुरक्षित रुपमा ईन्टरनेटको प्रयोग गर्ने सक्षम छन् हामीले खोज्नु पर्ने बेला आएको छ ।

\"\"

यसरी हेर्दा भौगोलिक विकट्ताका विच दुर्गम भेगसम्म ईन्टरनेटको पँहुच विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतिर यसको सुरक्षित प्रयोगमा उतिकै ध्यान पुर्याउनु आवश्यक छ ।

यसरी घटाऔ डिजिटल डिभाईड :

ग्रामिण दुरसञ्चार बिकास कोष मार्फत अप्टिकल फाईवर विस्तारका आयोजना अगाडी वढिरहनु सुखत सुरुवात भएता पनि भौगोलिक विकट्ताका चुनौतीले सवै ईलाकामा अप्टिकल फाईवर पुर्याउने योजना कठिन सावित हुनसक्छ । भौगोलिक विकट्ताकाको चुनौतीलाई सामना गर्न अप्टिकल फाईवरको विकल्पको रुपमा स्याटालाईट कनेक्टिभिटि र माईक्रोवेव पूर्वाधार विकासलाई पनि सँग सँगै अगाडी बढाउँदा व्रोडव्याण्ड विस्तार निकै सहज हुनसक्छ ।

ईन्टरनेट मानव जिवनको अभिन्न अंग वनिसकेको खण्डमा सुरक्षित रुपमा ईन्टरनेट कसरी प्रयोग गर्ने भन्ने कक्षाहरु संचालन गर्नुपर्ने बेला आएको छ ।ग्रामिण दुरसंञ्चार विकास कोषको मार्फत स्थानीय समुदायिक रेडियो को सहयोगले यस्ता शिक्षा ग्रामिण भेग सम्मन दिन सके मात्र ईन्टरनेट मानिसको जिवनशैलिलाइ सकारात्मक दिशातर्फ अगाडी वढाउने माध्यमको रुपमा सावित हुनेछ ।

ग्रामिण क्षेत्रमा सेवा दिन तत्पर ईन्टरनेट प्रदायकलाई कर लगायतका कुरामा छुट दिन सके डिजिटल डिभाईड लाई साघुरो वनाउदैं लैजान सकिन्छ ।

सरकारी निकाय , अस्पताल, विद्यालय लगायत आम मानिसलाई सूचना संचार तथा प्रविधिको उच्चतम प्रयोग गर्न अभिप्रेरित गर्न सकेको खण्डमा यसले डिजिटल अर्थतन्त्रको सपनालाई साकार पार्न टेवा पुर्याउछ ।यसका लागी सूचना प्रविधिको उपलव्धता, पँहुचलाई वढाउँदै लागतलाई घटाउनु आवश्यक छ । ग्रामिण क्षेत्रमा सेवा दिन तत्पर ईन्टरनेट प्रदायकलाई कर लगायतका कुरामा छुट दिन सके डिजिटल डिभाईड लाई साघुरो वनाउदैं लैजान सकिन्छ ।

अव हामिले लोकल कन्टेन्ट डेभलपमेन्टमा पनि ध्यान दिनु आवश्यक छ ।पिछडिएका समुदायलाई सूचना प्रविधिको प्रयोगमा सहजता पुर्याउन ईन्टरनेटको सर्वसुलभताको साथ साथै ईन्टरनेट सामाग्रीहरु स्थानीय भाषामै उपलव्ध गराउन उतिकै आवश्यक छ । प्रायजसो ईन्टरनेट कन्टेन्टहरु र एपहरु अग्रेजी भाषामा मात्र सिमित रहदा चाहाना भएर पनि ठुलो जमात सूचना प्रविधिबाट अलग बस्न वाध्य भएका छन।

\"\"

साईवर सुरक्षामा जोड दिन आवश्यक :

वेला वेलामा भईरहने डाटा लिक र वेवसाईट ह्याक जस्या गतिविधिले सूचना प्रविधिको प्रयोगले कतै व्यक्तिगत गोपनियता भङ्ग हुने त हैन भन्ने संकोच राख्न प्रयोगकर्ताहरु वाध्य छन् भने अर्कोतिर इन्टरनेटमा गरिने आर्थिक कारोबार कति सुरक्षित भन्ने प्रश्न यथावत छ। आम मानिसलाई प्रविधिको प्रयोग विश्वशत तुल्याउन राज्यले साईवर सुरक्षा क्षमता अभिवृद्धिमा ध्यान दिनु आवश्यक छ भने प्रयोगकर्ताहरुमा पनि सचेतनाको उत्तिकै जरुरि छ ।

नेपालको सन्दर्भमा ईन्टरनेट/टेलिफोन तथा बैंकिंग सेवा प्रदायक कम्पनिहरु आफ्नो वजार विस्तारमा आक्रमक तरिकाले लाग्ने तर त्यो अनुपातमा डाटा/नेटवर्क सुरक्षाको निम्ति लगानि गर्न तत्पर नरहनुले पनि केहि समस्या निम्त्याएको सर्वविदितै छ ।विश्वमै साईवर सुरक्षामा काम गर्ने जनशक्ति अभाव हुँदै गहिरहेको परिपेक्षमा साईवर सम्वन्धी काम गर्ने जनशक्ति उत्पादनमा प्रशय दिदै अन्तरराष्ट्रिय साझेदारीलाई प्राथमिकतामा राख्न सोकमा ईन्टरनेटको माध्यमवाट हुने अपराधलाई घटाउन सकिन्छ ।

यसरी सूचना प्रविधिको सवै आयमहरुलाई सुदृढ गर्दै एउटा राम्रो डिजिटल ईकोसिस्टम वनाउन सके कोरोना जस्ता माहामारी र निकट भविष्यमा आईपर्ने विपद्हरुको सामना गर्न निकै सहज हुनेछ।