कीवर्डहरू -

साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन ए नेपालमा, यस्ता छन फिचर

साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन ए नेपालमा, यस्ता छन फिचर

साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन ए नेपालमा सार्वजनिक भएको छ । ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ ।

यसमा मिडिया टेकको हेलियो जी २५ चिपसेट प्रयोग गरिएको छ । रेडमी नाइन एमा २ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यस फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । १३ मेगापिक्सेल रियर क्यामेरा रहेको यसमा ५ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

रेडमी नाइन एमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ । नेपाली बजारमा रेडमी नाइन एको मूल्य ११ हजार ४ सय ९९ रुपैयाँ रहेको छ । यो फोन अगस्ट २ देखी बिक्रीको लागि बजारमा जानेछ ।