कीवर्डहरू -

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलिएक्सप्रेस र स्न्याक भिडियो पनि समावेश

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलिएक्सप्रेस र स्न्याक भिडियो पनि समावेश

भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३  एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो ।

यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको जनाइएको छ ।  भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेसनको रिपोर्टको आधार लिएको हो ।
प्रतिबन्ध लगाएका एपमा अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स, स्न्याक भिडियो, म्याङगो टिभी,वी टिभी लाइट, क्यासियर वालेट एप पनि समावेश रहेका छन् ।

यसअघि पनि भारतले जूनमा ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भने त्यसपछि अर्कोपटक थप ४७ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै गत सप्टेम्बर महिनामा पुनः पबजीसमेत गरी ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।