कीवर्डहरू -

आइओएस १७.५ बेटा अपडेट : अब आइफोन रिपेयर मोडमा हुँदा पनि ट्रयाक गर्न सकिने

आइओएस १७.५ बेटा अपडेट : अब आइफोन रिपेयर मोडमा हुँदा पनि ट्रयाक गर्न सकिने

एप्पलले नयाँ १७.५ बेटा संस्करण परीक्षण गरिरहेको छ । नयाँ फिचरमा तपाईले फोनलाई रिपेयर मोडमा राखेर वा मर्मतका लागि दिएपछि पनि फोनलाई ट्र्याक गर्न सक्नुहुनेछ । यस फिचरले गर्दा फोन मर्मतमा दिए पनि फाइण्ड माई डिभाइस अननै रहन्छ ।

 नयाँ सुविधा आईओएस १७.५ बेटा संस्करणमा परीक्षण भइरहेको छ । यसको अन्तिम संस्करण यो महिनाको अन्त्यमा रिलिज हुन सक्छ।

नाइन टू फाइभ म्याक आइओएस १७.५ को यो सुविधाको बारेमा जानकारी दिने पहिलो थियो । यो बेटा भर्सन गत मंगलबार मात्र जारी गरिएको थियो ।

अहिले आईफोन मर्मतका लागि दिइँदा फाइण्ड माई डिभाइस फिचर अफ हुने गरेको छ । एप्पलले आफ्नो सपोर्ट पेजमा पनि यस फिचरको जानकारी दिएको छ । नयाँ सुविधा पूर्वनिर्धारित हुनेछ अर्थात् यसलाई बन्द गर्न सकिँदैन् । यो जारी रहनेछ ।