कीवर्डहरू -

यस्ता छन् सामसङको नयाँ ग्यालेक्सी स्मार्टट्याग र स्मार्टट्याग प्लसका फिचर 

यस्ता छन् सामसङको नयाँ ग्यालेक्सी स्मार्टट्याग र स्मार्टट्याग प्लसका फिचर 

सामसङले हालैमा वार्षिक ग्यालेक्सी अनप्याक्ड इभेन्टको आयोजना गरेको थियो । यसमा सामसङले ग्यालेक्सी स्मार्टट्याग भन्ने नयाँ प्रोडक्ट लञ्च गरेको छ । यो भनेको एउटा ब्लूटूथ ट्रयाकर डिभाइस हो ।

यसलाई प्रयोगकर्ताले सजिलै हराउन सक्ने डिभाइस या अन्य केही चिजमा क्लीप गरिदिन सक्छन् जसले त्यो सामान कहाँ छ भनेर भेट्याउन सकिन्छ । यसमा  चाबी, ब्याग, घरपालुवा जनावार जस्ता सामाग्रीहरुलाई हराउनबाट जोगाउन सकिन्छ । यो दुई ओटा भर्सनमा लञ्च गरिएको छ जुन भने स्मार्टट्याग र स्मार्टट्याग प्लस हुन् ।

स्मार्टट्यागको २९.९९ डलर पर्ने गर्दछ भने स्मार्टट्याग प्लसको ३९.९९ डलर पर्ने गर्दछ । स्मार्टट्यागलाई प्रयोगकर्ताको रिङ्ग बटनमा थिचेर प्रयोग गर्न सक्छन्  र आफूले राखेको रीङ्गटोनलाई पछयाँउदै त्यो सामान भेट्याउन सकिन्छ ।

यसको ब्लूटूथ रेञ्ज १२० मिटरको रहेको छ । यो ग्यालेक्सी डिभाइसका लागी मात्रै उपलब्ध छ ।  स्मार्टट्यागलाई आइओटी डिभाइसलाई नियन्त्रण गर्न पनि प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी स्मार्टट्याग प्लस भने अल्ट्रा वाइडबयाण्ड टेक्नोलोजीसँगै आउने गर्दछ ।