कीवर्डहरू -

चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब बढीको भुक्तानी

चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब बढीको भुक्तानी

मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबार वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको छ ।

विद्युतीय कारोबार हेर्ने हो भने कनेक्ट आइपिएसमा हरेक महिना वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैया भुक्तानी भएको छ ।

यो यसअघिको महिनाको भन्दा ३१ अर्ब २३ करोडले बढि हो ।

यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चैत महिनामा २० लाख ३८ हजार ४ सय  ६५ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५१ अर्ब ५० करोड ६० लाखको भुक्तानी भएको थियो । नौ महिनामा मोबाइल वालेटबाट भएको भुक्तानी ११ अर्ब २ करोड १० लाख रुपैया रहेको छ ।

त्यस्तै, क्युआरकोडबाट भएको भुक्तानी २ अर्ब ७२ करोड २० लाख रुपैया रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।