कीवर्डहरू -

ट्विटर भेरिफिकेसन पुन: सुरु, ट्विटर एपबाट पनि निवेदन दिन सकिने

ट्विटर भेरिफिकेसन पुन: सुरु, ट्विटर एपबाट पनि निवेदन दिन सकिने

ट्विटरले अकाउन्ट भेरिफिकेस फेरि सुरु गरेको छ । केही समय व्यक्तिको लागि फेरिफिकेसन बन्द गरेको ट्विटरले मे २० देखि पुनः सुरु गरेको जनाएको छ ।

अब ट्विटर एपबाट पनि फेरिफिकेसनको लागि एप्लिकेसन दिन सकिने भएको छ । यसअघि ट्विटर डट कमबाट मात्र यो सेवा लिन सकिन्थ्यो ।

यदि एक पटकमा भेरिफिकेसन अस्वीकृत भएमा प्रत्येक ३० दिनपछि पुनः आवेदन दिन सकिने छ ।

ट्विटरले व्यक्तिगतसहित सरकार, कम्पनीहरु, समाचार संस्था, पत्रकार, मनोरञ्जन, खेलकुद, लगायत अन्य प्रभावशाली व्यक्तिहरुले आफ्नो अकाउन्ट फेरिफिकेसनको लागि अवेदन दिन सक्ने जनाएको छ ।

ट्विटर फेरिफाइड व्यक्तिसमेत आतंककारी हमलामा संलग्न भएको भेटिएपछि उसले व्यक्तिगत अकाउन्ट भेरिफिसकेसन रोकेको थियो ।

ट्विटर भेरिफिकेसनको लागि यो लिंकमा गएर थप बुझ्न र आवेदन दिन सकिने छ ।