कीवर्डहरू -

एयर इन्डियाको डेटा ब्रिच, ४.५ मिलियन यात्रीको डेटा खतरामा

एयर इन्डियाको डेटा ब्रिच, ४.५ मिलियन यात्रीको डेटा खतरामा

एयर इन्डियाको डेटा ब्रिचले गर्दा ४.५ मिलियन यात्रीको डेटा खतरामा परेको छ । प्रणालीमा अगस्त २०११ देखि फेब्रुअरी २०२१ सम्म  रेजिस्टर गरिएको ४.५ मिलियन यात्रीको डेटा ब्रिच भएको हो ।

ब्रिच भएको डेटामा नाम, सम्पर्कको जानकारी, टिकेटको जानकारी जस्ता सूचनाहरु रहेका थिए ।

ह्याकरहरुसँग क्रेडिट कार्डको जानकारी पनि रेहको थियो तर सिभिसी वा सिभिभिले गर्दा त्यो जानकारीको दुरुपयोग गर्न खासै पाउँदैनन् ।

डेटा ब्रिचको बारेमा एयर इन्डियाले पहिलो चोटि फेब्रुअरी २५ मा थाहापाएको थियो र मार्च १९ मा यसको अनुसन्धानका निम्ति केस दर्ता गरेको थियो ।

मार्च २५ र मे ४ मा मात्रै आएर कुनकुन यात्रीको डेटा चोरिएको हो भनेर कम्पनीले थाहापाएको हो । यो डेटा ब्रिच कसले गरेको हो भन्नेबारे कुनै जानकारी आएको छैन् ।

ब्लीपिङ् कम्प्यूटरको रिपोर्ट अनुसार एयर इन्डियाको मात्रै नभएर धेरै अरु फ्लाईटको यात्रीहरुपनि यस ह्याकको शिकार भएका छन् ।

एयर न्यूजील्याण्ड, क्याथे प्यासिफिक, फिन्नायर, जेजु एयर, लुफ्टहान्सा, मलेसिया एयरलाइन्स, एसएएस र सिङ्गापुर एयरलाइन्सका यात्री पनि डेटा ब्रिचको शिकार भएका छन् ।