कीवर्डहरू -

बिटिएसको ‘बटर’ बन्यो २४ घण्टामा सबैभन्दा बढी हेरिएको म्युजिक भिडियो

बिटिएसको ‘बटर’ बन्यो २४ घण्टामा सबैभन्दा बढी हेरिएको म्युजिक भिडियो

दक्षिण कोरियाको म्युजिक ब्याण्ड बिटिएसले आफ्नै रेकर्ड तोडेर २४ घण्टामा विश्वकै सबैभन्दा बढि हेरिएको म्युजिक भिडियो बन्न सफल भएको छ ।

मे २२ मा के–पप ग्रुप बिटिएसले ‘बटर’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको थियो र यसले रेकर्ड २४ घण्टामा ११३ मिलियन भ्युज पाउन सफल भएको छ ।

यसभन्दा पहिले गत अगस्तमा बिटिएसको ‘डाईनामाईट’ नामक म्युजिक भिडियोले २४ घण्टामा  १०१.१ मिलियन भ्युज प्राप्त गरेको थियो ।

‘बटर’ले युट्युब प्रिमियरमा पनि रेकर्ड कायम गर्न सपल भएको छ । यसलाई प्रिमियरमै ३.९ मिलियन सब्सक्राइबरहरुले हेरेका थिए । यो समाचार लेख्दा म्युजिक भिडियोमा १६० मिलियन भ्युज रहेको छ ।

म्युजिक भिडियोले अहिले सम्मकै छिटो १३ मिनेटमा १० मिलियन भ्यू र ५४ मिनेटमा २० मिलियन भ्यू पाउन सफल भएको थियो ।

यो रेकर्डलाई पुनः बिटिएसलेनै तोडेमा खासै आश्चर्य हुने छैन् किनभने के–पप ग्रुप बिटिएसको एकदमै ठूलो फयान्डम विश्वव्यापी रुपमा ‘आर्मी’ रहेका छन् ।

नेपालमा पनि बिटिएसको एकदमै धेरै फ्यानहरु रहेका छन् र आफ्नो आईडलको जन्मदिन वा अरु कुनै ठूलो अवसरमा संस्थाहरुलाई सहयोग प्रदान गरेर र अरु राम्रो कामहरु गरेर उनीहरुले सहयोग पुर्‍याईरहेका छन् ।