कीवर्डहरू -

यात्रीले सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्कुटर पी-२, तीन भेरियन्टमा उपलब्ध

यात्रीले सार्वजनिक गर्‍यो नयाँ विद्युतीय स्कुटर पी-२, तीन भेरियन्टमा उपलब्ध

काठमाडौं । नेपाली कम्पनी यात्रीले नेपालमै निर्माण गरेको नयाँ विद्युतीय स्कुटर पी-२ सार्वजनिक गरेको छ । कम्पनीले पी-२ लाई फरक ब्याट्री क्षमता र रेन्जसहित तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार पी-२ को उच्च भेरियन्टमा ५.२ किलोवाट घण्टा (kWh) क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी कम्पनीको छ ।

त्यस्तै, मिड भेरियन्टमा ३.२ kWh ब्याट्री दिइएको छ, जसले एकपटकको चार्जमा १६२ किलोमिटरसम्म रेन्ज प्रदान गर्नेछ । लो भेरियन्टमा ३.० kWh क्षमताको ब्याट्री छ र यसले १४० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

पी-२ को अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । चार्जिङका लागि स्कुटरमा १,३५० वाटको चार्जर प्रयोग गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २ घण्टा ३० मिनेट लाग्ने जनाइएको छ ।

फास्ट चार्जिङ सुविधा प्रयोग गर्दा भने चार्जिङ समय अझ कम हुन्छ । कम्पनीका अनुसार ३,३०० वाटको डीसी फास्ट चार्जर प्रयोग गरी ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४१ मिनेट लाग्छ ।

प्रयोगकर्तालाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउने उद्देश्यले यात्रीले नेपालका ३५ वटा सहरमा चार्जिङ स्टेसन सञ्चालनमा रहेको जनाएको छ ।

नेपालमै निर्माण गरिएको पी-२ मार्फत कम्पनीले उच्च रेन्ज, छिटो चार्जिङ र फरक ब्याट्री क्षमताका विकल्प उपलब्ध गराउँदै नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

तीनवटा भेरियन्टमा उपलब्ध पी-२ ले प्रयोगकर्ताको आवश्यकता र यात्रा दूरीअनुसार विद्युतीय स्कुटर छनोट गर्ने विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ ।