कीवर्डहरू -

गूगल फोटोजले धमिलो फोटो र स्क्रिनशट डिलिट गर्न मद्दत पुर्‍याउने

गूगल फोटोजले धमिलो फोटो र स्क्रिनशट डिलिट गर्न मद्दत पुर्‍याउने

गूगल फोटोजले धमिलो फोटो र स्क्रीनसट डिलिट गर्न मद्दत पुर्‍याउने भएको छ । गूगलले गत डिसेम्बरमा जुन १ देखि गूगल फोटोजमा असिमीत स्टोरेज नदिने बताईसकेको छ । यसपछि तपाईको हरेक ‘हाई क्वालिटी’ कन्टेन्ट गूगलले प्रदान गर्ने १५ जिबीमै गनिने छ ।

गूगलले फोटोजमा अरु पनि केही परिवर्तन ल्याउने भएको छ । अब स्टोरेज व्यवस्थापित गर्नका निम्ति गूगल फोटोजले नयाँ टूल ल्याएको छ । यो टूललाई गूगलले स्टोरेज सेभर नाम दिएको छ । यसले आफै धमिलो फोटो, लामो भिडियो र स्क्रीनसटलाई फ्ल्याग गरेर डिलिट गर्न सुझाव दिने गर्दछ ।

निःशुल्क १५ जिबी स्टोरेज कहिले सम्म चल्छ भनेर पनि देखाउने गर्दछ । धेरै फोटो वा भिडियो नहाल्ने प्रयोगकर्ता, स्टोरेज फुल हुन लागेको प्रयोगकता र कुनै संस्था वा समूहको गूगल अकाउन्ट चलाउनेलाई गूगलले कहिले सम्म स्टोरेजले धान्छ भनेर नदेखाउन पनि सक्छ ।

गूगलका अनुसार ८० प्रतिशत प्रयोगकर्ताहरुले १५ जिबी स्टोरेजले आउँदो तीन वर्षसम्म फोटो र भिडियो ‘हाई क्वालिटीमा ब्याकअप गर्न पाउँनेछन् ।

निःशुल्क स्टोरेज सकिएपछि प्रयोगकर्ताले कि त फाइलहरु डिलिट गर्नुपर्छ वा गूगल वान स्टोरेज प्लान किन्नुपर्ने हुन्छ । गूगलले स्टोरेज सकिन लागेपछि फोटोज एपमा पनि जानकारी दिन्छ र ईमेलको मार्फत पनि सूचित गर्छ ।