कीवर्डहरू -

मध्यपहाडी लोकमार्गमा १ हजार ६० किलोमिटर अप्टिकल फाइबर विच्छ्याइयो

मध्यपहाडी लोकमार्गमा १ हजार ६० किलोमिटर अप्टिकल फाइबर विच्छ्याइयो

चालु आर्थिक वर्षको फागुसम्म मध्यपहाडी लोकमार्ग र आसपासका जिल्लामा उच्च गतिको इन्टरनेट पर्‍याउन अप्टिकल फाइबर कार्य अन्तर्गत गत फागुनसम्म १ हजार ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विच्छ्याइएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म मध्यपहाडी लोकमार्गमा जम्मा १ हजार ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विच्छ्याउने कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

२०७७ असारसम्म २९३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विच्छ्याइएकोमा चालु आर्थिक वर्षको फागुसम्म ७६७ किलोमिटर थप भई जम्मा  १ हजार ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विच्छ्याउने कार्य सम्पन्न भएको हो ।