कीवर्डहरू -

‘मिहिनेत गरेर ईकमर्श स्थापित गरायौं, अहिले निजीलाई रोकेर सरकार आफै अगाडि बढेको छ’  

‘मिहिनेत गरेर ईकमर्श स्थापित गरायौं, अहिले निजीलाई रोकेर सरकार आफै अगाडि बढेको छ’  

सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडाइ गरेसँगै इकमर्स कम्पनीका होम डेलिभरी सेवा पनि रोकेको छ ।

अझ निजी कम्पनीहरुलाई रोकेर सरकारी दुई कम्पनीलाई होम डेलिभरीको जिम्मा लगाइएको छ । एकातिर कोरोना जोखिम हुन्छ भनेर जिनीलाई रोक्ने अर्कोतिर त्यही सेवा सरकारी कम्पनीलाई दिदा सम्बन्धित व्यवसायीहरु निराश बनेका छन् ।

लामो समय र मिहिनेत गरेर नेपालमा ईकमर्श सेवा सञ्चालन गर्न सकिन्छ भनेर निजी क्षेत्रले स्थापित गराए । आज आवश्यक पर्दा निजीलाई रोकेर सरकारले आफै सेवा सञ्चालन गरिरहेको छ ।

यो कामलाई उनीहरुले उल्टो नीति भनेका छन् । होम डेलिभरीलाई झन प्रभावकारी बनाउने बेलामा सरकारले भने निजी क्षेत्रका इमर्श कम्पनीको सेवा रोकेर सरकारी कम्पनीहरु नेपाल खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसलाई अगाडि सारेको छ ।

सरकारको यो नीतिप्रति व्यवसायीहरु असन्तुष्ट छन् । निजी कम्पनीलाई रोकेर सरकारीले सेवा दिने निर्णय देखेर अचम्म लागिरहेकोे मेट्रो तरकारीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल बस्नेतले बताए ।

‘हामीले नेपालमा ८–९ वर्षदेखि इकमर्श क्षेत्रमा काम गरिरहेका छौं । नेपालमा पनि अनलाइनबाट शपिङ गर्न सकिन्छ भन्ने बनाएका छौंं,’ उनले आइसिटी समाचासँग भने, ‘जुन बेला इकमर्शको आवश्यकता थियो त्यसबेला सरकारले चल्न दिएको छैन् ।’

सरकारको यो कदमबाट निराश बनेको उनको भनाइ छ । ग्राहकलाई बाहिर निस्किन पाएका छैनन् । यो बेला पनि होमडेलिभरीको सेवा नभएको गुनासो ग्राहकले गरिरहेको उनी बताउँछन् ।

सरकारको यो कदमबाट निराश बनेको उनको भनाइ छ । ग्राहकलाई बाहिर निस्किन पाएका छैनन् । यो बेला पनि होमडेलिभरीको सेवा नभएको गुनासो ग्राहकले गरिरहेको उनी बताउँछन् ।

‘सरकार कै कारण हामीले ग्राहकलाई सेवा दिन सकेका छैनौं,’ उनी भन्छन् ।

शुक्रबारदेखि सबै प्रकारका इकमर्स कम्पनीहरु बन्द भएको इबिजनेस एशोसिएसन नेपालका अध्यक्ष तथा मेरो किराना डटकमका संस्थापक सागरदेव भट्टले बताए ।

सरकारले लकडाउन सुरु भएसँगै होम डेलिभरीलाई राम्रोसँग चल्ने दिइरहेको छैन । अत्यावश्यक भएका ग्राहक, कोरोना संक्रमण भएर घरबाहिर निस्किन नपाएका ग्राहकलाई मध्यनजर गरेर ति कम्पनीहरुले सेवा दिइरहेका थिए ।

‘यसअघि पनि हामीले खाद्यान्न ढुवानी भनेर जर्बजस्ती चलाइरहेका थियौं,’ उनले भने, ‘त्यो चलाउदा पनि रोकटोक भइरहेको थियो । आजदेखि त सबै इकमर्स बन्द छन् ।’

सरकारले आफै होमडेलिभरी गर्ने भने पनि उसलाई आफ्नो क्षमता कति छ भनेर थाहा नभएको उनीहरुको भनाइ छ । सरकारले कति होम डेलिभरी गर्न सक्ला ? आफ्नो क्षमता कति छ, कति भेराइटी छन् ? कसरी गर्न सकिन्छ भनेर थाहा पनि नभएको उनी बताउँछन् ।

‘नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गर्छ भन्ने हल्ला छ । उहाँहरुको क्षमताले रिङरोड भित्रमात्र बचेर कहिलेसम्म पु¥याउनु हुन्छ थाहा छैन्,’ भट्टले भने ।

सरकारले आर्थिक संकटकाल जस्तो नाटक गरिरहेको भट्टको आरोप रहेको छ । अहिले त आर्थिक संकटकाल नभएर स्वास्थ्य महामारी भएकाले स्वस्थ बस्नलाई खानपिनलगायत सबैकुरा मिलाउनु पर्ने उनको धारणा छ ।

‘सरकारले उल्टो काम गरिरहेको छ । सरकारलाई यो कुरा भन्दा भन्दा थाकिसक्यौं,’ उनले भने, ‘यो त कर्फ्यु लगाउन मात्रै जानेको सरकार जस्तो देखियो ।’

सरकारले भनेको आफूहरुले सुरक्षित तरिकाले होमडेलिभरीको सेवा दिन सधै तयार रहेको उनी बताउँछन् ।
सरकारले इकमर्स चल्न नदिएपछि व्यवसायमा भन्दा पनि उपभोक्तालाई अझ ठूलो असर परेको उनको भनाइ छ ।

उपभोक्ताले आफूले चाहेको सेवाबाट बन्चित भएका छन् । नीति नियम बनाउने तहमा राम्रो मान्छे नभएको मेट्रो तरकारीका सीईओ बस्नेतको भनाइ छ ।

८–९ वर्ष अनलाइन सेवामा बिताएपछि नेपालको इकमर्स व्यवसाय भविष्य के होला भन्ने अन्योल सृजना भएको बस्नेतले बताए ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको नेपाल फुड डट जीओभी डटएनपीबाट काठमाडौं उपत्यकाको चक्रपथ भित्र र बाहिर (१ किलोमिटर मोटरबाटो भएको स्थानसम्म) मात्रै सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।

‘काठमाडौं उपत्यकाको चक्रपथ बाहिर पनि टाढा टाढा सम्म मानिसको बस्ति छ, त्यहाँका जनतालाई कसरी खाद्यान्न पुग्छ ?,’ भट्टले प्रश्न गरे ।

‘उहाँहरुसँग क्षमता नै छैन, आइटम पनि छैनन्,’ उनले भने, ‘अहिलेको समयमा मानिसको आवश्यकता फरक फरक छ । बच्चादेखि विरामीसम्मलाई उनीहरुले ति सामान पु¥याउन सक्दैनन् ।’ सरकारी सेवाले चामल र नुनमात्र बेचेर नहुने उनको तर्क छ ।

‘सरकारले आफूले गर्न सक्छौं भनेर फूर्ती लगाएको तर यो हात्ती आयो हात्ती फुस्सा हो,’ उनी भन्छन् ।

सरकारको सिष्टम पनि राम्रो नभएको र ग्राहकले सजिलोसँग अर्डर गर्न पनि नसक्ने उनको भनाइ छ ।
सरकारले खाद्यान्न डेलिभरी भनेको चुन, चामल, दाल बेच्ने भनेको छ । अहिलेको स्वास्थ्य समस्या भइरहेको बेला अन्य धेरै प्रकारका वस्तुको सेवा दिनु पर्ने भट्ट बताउछन् ।

धेरै घरमा कोरोना संक्रमित छन् । उनीहरुलाई ताजा फलफूल, प्रोटिनयुक्त खाना, मासु, दूधको आवश्यकता पर्छ । ति सेवा सरकारी सेवाले दिन सक्दैनन् ।

धेरै घरमा कोरोना संक्रमित छन् । उनीहरुलाई ताजा फलफूल, प्रोटिनयुक्त खाना, मासु, दूधको आवश्यकता पर्छ । ति सेवा सरकारी सेवाले दिन सक्दैनन् ।

सरकारी सेवा इमर्सको क्षेत्रमा भर्खर प्रवेश गरेकाले उनीहरुले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने सम्बन्धित व्यवसायीहरुको भनाइ छ ।

कोरोना लागेका परिवार, पाका उमेरका वा बाहिर निस्किन नसक्ने परिवारलाई मानवताको नाताले होम डेलिभरी सेवा रोक्न नहुने सम्बन्धित व्यवसायीहरुको भनाइ छ ।

अहिले परिवारका सम्पुर्ण सदस्यलाई कोभिड लागेको छ । कतिपयमा परिवारका सदस्यलाई कोभिड लागेपछी अरु पनि सुरक्षित रुपमा बसेका छन् ।

उनीहरु आफ्नो र छिमेको सुरक्षाको लागि बाहिर निस्किन सकेका छैनन् । उनीहरुको लागि होम डेलिभरी सेवा नभइनहुने उनीहरु बताउँछन् ।

अन्य देशहरुमा कोरोनाले सबै बन्द हुदा डेलिभरी एजेन्सीमा धेरैले जागिर पाइरहेका छन । होम डेलिभरी सेवा वृद्धि भइरहेको छ भइरहेको छ तर नेपालमा भने ठिक उल्टो भएको उनीहरुको गुनासो छ ।