कीवर्डहरू -

१३ वर्ष मुनिका बालबालिकालाई विज्ञापन नभएको नयाँ इन्स्टाग्राम 

१३ वर्ष मुनिका बालबालिकालाई विज्ञापन नभएको नयाँ इन्स्टाग्राम 

फेसबुकले तेह्र वर्ष मुनिका बालबालिकालाई भनेर छुट्टै इन्सटाग्राम ल्याउने भएको छ । उसले ‘किड भर्सन’ भन्दै नयाँ इस्टा ल्याउन लागेको जनाएको छ ।

धेरै बालबालिकाहरु इन्सटाग्राम चलाउन उत्सुक भएकाले फेसबुकले बालबलिकालाई सुहाउने खालको सुरक्षित भर्सन बनाउने निर्णय गरेको हो ।

अहिलेको भर्सनले १३ वर्ष मुनिका बालबालिकालाई इन्स्टाग्राम प्रयोग गर्न दिदैन् । किड भर्सनमा बालबालिका अकाउन्ट पूर्ण रुपमा अभिभावकको नियन्त्रणमा हुन्छ ।

यसले बालबालिकालाई सामाजिक सञ्जालमा हुने नकारात्मक कुराबाट जोगाउने विश्वास लिइएको छ ।
यसले बालबालिकालाई आफ्नो इच्छा पुरा गर्न र साथीहरुसँग जोडिनका निम्ति मद्दत पु¥याउनेछ । युवा पुस्ता आफ्नो कम्पनीका लागि एकदमै महत्वपूर्ण भएकाले उनीहरु चाहनालाई पुरा गर्न सधै तयार रहेको फेसबुकले जनाएको छ ।

किड्भर्सनलाई विज्ञापन मुक्त बनाउने तयारी फेसबुकको छ । विज्ञापनका निम्ति सर्च हिस्ट्री ट्रयाक गर्नुपर्छ र बालबालिकाको सर्च हिस्ट्री ट्रयाक गर्नु अनैतिक हुने कम्पनीले बताएको छ ।

इन्स्टाग्राममा केही दिनदेखि बालबालिका प्रति हिंसा र नकारात्मक विषय बढदै गइरहेका छन् । सोही कुरालाई ध्यानमा राख्दै इन्सटाग्रामले यो निर्णय गरेको जनाएको छ ।

फेसबुकको हाल ३.३ बिलियन प्रयोगकर्ता रहेका छन् । यसलाई फेसबुकले अझै बढाउने प्रयास गरिरहेको छ । यो प्रोजेक्ट वास्तविकता कहिले परिणत हुन्छ भनेर कम्पनीले केही पनि बताएको छैन् । तर यसको निर्माण कार्यमा कम्पनी लागिसकेको इन्स्टाग्रामले जनाएको छ ।

बजफिडका अनुसार यो प्रोजेक्टलाई इन्स्टाग्रामको उप सभापति र यसअघि युट्युब किड्सको प्रोजेक्टमा काम पनि गरिसकेकी पाभनी डिवान्जीले हेर्नेछिन ।