कीवर्डहरू -

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने भएको छ । 

आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल तथा सूचना प्रविधिलाई प्राथकिकता दिइने जानकारी गराए । यसैगरी डिजिटल अर्थतन्त्रको रुपमा कामहरु अगाडी बढाइने मन्त्री पौडेलले जानकारी दिए ।

दुरसञ्चार सेवाको गुणस्तर सुधार गरिने पनि बजेटमा उल्लेख गरिएको छ । ग्रामिण दुरसञ्चार कोषको प्रयोगगरी २ वर्षमा देशभरी फाइबर इन्टरनेट बिस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । सबै प्रकारका सरकारी सेवाहरुलाई नागरिक एपसँग अन्तरआवद्ध गरिने कुरा पनि पौडेलले बजेट भाषणमा उल्लेख गरेका छन ।