कीवर्डहरू -

चौधरी ग्रुपले शुरू गर्‍यो सिजी इन्टरनेट, यस्ता छन् प्याकेज

चौधरी ग्रुपले  शुरू गर्‍यो सिजी इन्टरनेट, यस्ता छन् प्याकेज

चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै सिजी नेट सुरु गरेको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा सेवा सुरु गर्दैै सबैभन्दा छिटो र सस्तो सेवा उपलब्ध गराउने जनाएको छ ।

यसअघि नै सिजी टेलिकममार्फत टेलिकम क्षेत्रमा हाल हालिसकेको सिजीलाई सरकारले थप फ्रिक्वेन्सी उपलब्ध नगराएपछि इन्टरनेट सेवामा प्रवेश गरेको हो ।

चौधरी ग्रुपको सीजी टेलिकमले आफूलाई थप फ्रिक्वेन्सी दिए नेपालभर सस्तो मूल्यमा मोबाइल सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

सिजी नेट सुरु गरेपछि सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उच्च गतिको र विश्वस्तरको अनुभवसहित न्युन मूल्यमा इन्टरनेट सुरु गरेको जनाएका छन् ।

अहिले हामीले काठमाडौंमा सुरुवात गरेका छौं, ट्विट गर्दै चौधरीले भनेको छन्, छ्टिटै काठमाडौं बाहिर जाँदैछौं ।
कम्पनीले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा शुरू गरेसँगै आफ्ना विभिन्न प्याकेज सार्वजनिक गरेको छ ।

सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपैयाँ, ३ महिनाको २ हजार ९९७, ६ महिनाको ६ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ ।

यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुनेछ ।

सिजी नेटको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । सिजी कम्युनिकेसन नेपालको ठूलो व्यवसायीक घराना चौधरी ग्रुप अन्तर्गतको कम्पनी हो । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।