कीवर्डहरू -

सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन

सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।

सूचना प्रविधि (आइटी) उद्यमी समेत रहेका थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (इक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखिए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

थापा आन्ट्रप्रेनर फर नेपालका संस्थापक समेत हुन् । उनले सन् २००२ डिजिटल म्याक्स सोलुसन्स नामक आईटी कम्पनी समेत स्थापना गरेका थिए ।  उनी वर्डप्रेस नेपालका सह-संस्थापक समेत हुन् ।