कीवर्डहरू -

उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’

उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’

विवेकशिल पार्टी निर्माण गरेपछि उज्वल थापा युवाहरुबीच लोकप्रिय बने । जब उनले मुलुकको राजनीतिको आमूल परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा लागेका थिए त्यसपछि उनी चर्चामा आए ।

तर, धेरैलाई थाहा छैन उनी एक आईटी उद्यामी हुन् । जसले यस क्षेत्रमा लागेका आम युवायुवतीलाई सहयोग र प्रेरणा गर्न भनेर फेसबुक ग्रुप बनाएका थिए- आन्टरपेनर फर नेपाल

यस ग्रुपमा अहिले १ लाख १९ हजार ४ सयभन्दा धेरै सदस्य भइसकेका छन् ।

उनको दुखद निधन भएपछि उनका साथी आलोक सुवेदीले आन्टरपेनर फर नेपालमा एक पोष्ट गर्दै यस ग्रुपको ‘बिजो रोप्ने’ भनेर उल्लेख गरेका छन् ।

‘यस ग्रुपको बिजो रोप्ने उज्वल थापा व्यक्तिमात्र नभइ, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पिक छौं,’ सुवेदीले आन्टरपेनर फर नेपाल ग्रुपमा लेखेका छन् ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।

सूचना प्रविधि (आइटी) उद्यमी समेत रहेका थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन(इक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखिए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

थापा आन्ट्रप्रेनर फर नेपालका संस्थापक समेत हुन् । उनले सन् २००२ डिजिटल म्याक्स सोलुसन्स नामक आईटी कम्पनी समेत स्थापना गरेका थिए ।  उनी वर्डप्रेस नेपालका सह–संस्थापकसमेत हुन् ।