कीवर्डहरू -

आइफोनमा पनि सुरु भयो नेपाल टेलिकमको भीओएलटीई सेवा 

आइफोनमा पनि सुरु भयो नेपाल टेलिकमको भीओएलटीई सेवा 

नेपाल टेलिकमले नेपाल मै पहिलो पटक सुरु गरेको भ्वाइस ओभर एलटीई (भोल्टे) आइफोनमा पनि चल्ने भएको छ ।

केही समयअघि यो सेवा सुरु गर्दा सामसङ, नोकिया, रेडमीका फोनसेटमा सुरु भएको थियो ।

आइफोनका हेन्डसेटमा यो सेवा सर्पोट नगरेपछि नेपाल टेलिकमले कम्पनीसँग समन्वय गरेको थियो ।

आइफोनमा पनि भोल्टे सेवा उपलब्ध भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी गराएका छन् ।

यो सेवा सुचारु गर्न स्टार तीनवटा चार ह्यास गर्ने र आइफोनका ग्राहकले निशुल्क भोल्टे सुविधालिन १४४४ डायल गर्नुपर्छ ।