कीवर्डहरू -

टिकटकमा आफ्नो आवाज कसरी परिवर्तन गर्ने ? 

टिकटकमा आफ्नो आवाज कसरी परिवर्तन गर्ने ? 

टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरुले यसलाई गोपनियता र सुरक्षाको निम्ति पनि भन्छन् ।

जुन उद्देश्यको लागि भए पनि टिकटकले आफ्नै आवाजमा भिडियो रेकर्ड गर्न नचाहनेहरुका निम्ति आवाज परिवर्तन गर्ने फिचर उपलब्ध गराएको छ । ‘भ्वाइस एफेक्ट’ सुविधा आवाज परिवर्तन गर्न सकिन्छ ।

भ्वाइस एफेक्ट प्रयोग गर्न भने आफ्नै आवाजमा रेकर्ड गरिएको हुनुपर्छ । म्युजिक भएको भिडियोमा यो एफेक्ट हाल्न मिल्दैन् ।

टिकटक खोलेपछि तल तिर रहेको प्लस चिन्हमा गएर थिच्नुपर्छ जसले भिडियो रेकर्ड हुन सुरु हुन्छ । यसपछि रेकर्ड बटनमा थिचेर भिडियो रेकर्ड गर्न सकिन्छ ।

भिडियो बिचमा रोक्न चाहनुहुन्छ भने राइट चिन्हमा थिचेर रोकन सक्नुहुन्छ ।
त्यसपछि माथिल्लो दाँया भागमा रहेको भ्वाईस एफेक्टमा थिच्नुपर्छ ।

त्यसपछि तलबाट विन्डो पपअप हुन्छ र त्यसपछि एकएक गरी सुन्दै मनपरेको एफेक्ट हाल्न सकिन्छ । कुनै पनि मन नपरेमा बाँया भागमा रहेको ‘नन’ अप्सन थिच्नुपर्छ ।

यहाँ तपाईले स्टिकर वा टेक्सट पनि राख्न सक्नुहुन्छ । त्यसपछि नेक्स्टमा ट्याप गरेर फिनिसमा थिच्ने ।

यसपछि भिडियोलाई सेभ गरे पनि हुन्छ वा पोस्ट गरे पनि हुन्छ ।

टिकटकले आवाज परिवर्तन गर्नका निम्ति विभिन्न भ्वाइस एफेक्ट राखेको छ जुन यस प्रकारका छन् :
१. चिपमकं - यो एकदमै हाई पिचको आवाज हुने गर्छ ।

२. ब्यारिटोन- यो एकदमै गहिरो र मर्दानी आवाज हुने गर्छ ।

३. माइक- यो भौतिक माइक्रोफोनमा कुरा गरिरहनु भएको जस्तै हुनेगर्छ ।

४. रोबोट- यसमा तपाईको आवाजं रोबोट जस्तै हुनेछ ।

५. कम ब्याट्री- ब्याट्री ड्रेन आउट भइरेहेको जस्तो सुस्त आवाज आउने गर्छ ।

६. भाइब्रेटो- कम्पन ध्वनि जस्तै तपाईंको आवाज हल्लिएको जस्तै आउँछ ।

७. इलेक्ट्रोनिक- यसमा विद्युपतय ध्वनि तपाईंको आवाजमा थप्पिएको जस्तो हुने गर्छ ।

८. इको- प्रत्येक शब्द वा वाक्यमा यो एफेक्टले गर्दा प्रतिध्वनि हुने गर्छ ।

९. सिन्थ- यसमा तपाईंको आवाजमा सिंथेसाइजर राखेको जस्तै हुन्छ । यो सन् १९८० तिरको म्युजिक जस्तै आवाजको हुने गर्छ ।

१०. हेलियम- चिपमन्कभन्दा उच्च पिच हुने गर्छ । यसमा तपाईले बेलुनबाट हेलियम खाएको जस्तो आवास आउने गर्छ ।

११. जायन्ट- यो एफेक्टमा ठूलो राक्षस जस्तै बेरिटोनभन्दा गहिरो आवाज हुन्छ ।

१२. साउण्ड वेब्स- यो सिन्थ जस्तै आवाजको हुने गर्छ र यसमा इलेक्ट्रोनिक प्रकारको ध्वनि हुने गर्दछ ।

ड्राफ्टमा भ्वाइस एफेक्ट कसरी राख्ने

ड्राफ्टमा राखेको भिडियोलाई पनि पछि एडिट गर्न सकिन्छ ।

सर्वप्रथम आफ्नो मि टू ट्याबमा थिच्नुपर्ने हुन्छ ।

त्यसपछि आफ्नो लिस्टबाट ड्राफ्ट छान्न मिल्छ । पोस्ट अप्सन आएपछि माथिल्लो बाँया भागमा रहेको ब्याक अप्सन थिच्नुपर्छ ।

भिडियो प्ले हुने थालेपछि माथिल्लो दायाँ भागमा रहेको भ्वाइस एफेक्ट अप्सनमा थिच्नुपर्छ ।

त्यसपछि माथिकै जसरी प्रक्रिया प्रयोग गरेर भिडियो एडिट गरेर पोस्ट गर्न सकिन्छ ।