कीवर्डहरू -

विद्युतीय गाडी दिगो इ८ को मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

विद्युतीय गाडी दिगो इ८ को मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महशुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ ।

सरकारले गरेको यस सकारात्मक कदमको सह्रान स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य २१ लाख ९४ हजार ५०० रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महशुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् ।

दीगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने कम्पनीले जनाएको छ ।

दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निणर्य लिएको हो ।

वातावरण, अर्थतन्त्र र ऊर्जा निर्भरताको सन्दर्भमा विद्युतीय सवारी साधनको लाभ निकै बढी छ । गत वर्ष यी विद्युतीय वाहनको आयातमा लाग्ने कर र महसुलहरु उल्लेख्य मात्रामा बढे पनि दीगो इ८ को मूल्य उच्च नराखिएको हो ।

अहिले दीगो ग्रुपले स्टकमा रहेका सवारी साधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो । मुलुकलाई विद्युतीय सवारी साधनको लाभ दिलाउन अहिले पनि प्रतिबद्ध छ र भविष्यमा पनि रहने दिगोले जनाएको छ ।

दिदो इ ८ मा के के सुविधा छन् ?

दीगो इ८ आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ ।

यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य सञ्चालन अवस्था  मा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ ।

यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ । दीगो इ८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसा पर्छ ।