कीवर्डहरू -

आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिन टेलिकमको आग्रह

आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिन टेलिकमको आग्रह

नेपाल टेलिकमले आफ्नो आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै टेलिकमले आफ्नो आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिन ग्राहकहरुलाई आग्रह गरेको हो ।

नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामग्री प्रयोग गरी विभिन्न सोसल मिडियामा अनाधिकृत पेज मार्फत भ्रामक जानकारी प्रकाशन भइरहेको टेलिकमले जानकारी दिएको छ ।

\"\"

टेलिकमले जारी गरेको सूचनामा भनिएको छ, ‘अनाधिकृत पेज मार्फत भ्रामक जानकारी प्रकाशन भइरहेकाले नेपाल टेलिकमको आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिनुहुन र त्यस्ता अनाधिकृत पेजमा कुनै पनि जानकारी उपलब्ध नगराउन समस्त ग्राहकवर्गलाई अनुरोध गर्दछौं ।’

पछिल्लो समय टेलिकमको नाम, लोगो र सामग्री प्रयोग गरी फिशिङका घटना बढ्दै गएका छन् । टेलिकमको आधिकारिक पेज जस्तै देखाई फिशिङका घटना बढ्न थालेपछि ग्राहकलाई सचेत हुन आग्रह गरिएको हो ।