कीवर्डहरू -

हार्मोनी ओएस २ प्रयोग गरिएका नयाँ उत्पादन सार्वजनिक, करिब १०० उपकरण सपोर्ट गर्ने

हार्मोनी ओएस २ प्रयोग गरिएका नयाँ उत्पादन सार्वजनिक,  करिब १०० उपकरण सपोर्ट गर्ने

ह्वावेले आज नयाँ हार्मोनी ओएस २ अपरेटिंग सिस्टमद्वारा संचालित स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेटहरु सार्वजनिक गरेको छ । जसमा हुवावे मेट फोर्टी सरिजि, हुवावे मेट, हुवावे वाच थ्री सरिजि, हुवावे मेट प्याड प्रो को नयाँ संस्करण समावेश छ ।

ह्वावेले हुवावे फ्रबिड्स ४, यसको नेक्स्ट-जेनेरेसन ओपन-फिट एक्टिभ नोइज क्यान्सिलेसन वायरलेस ब्लुटुथ इयरबड र दुई हाई-एन्ड मोनिटर, हुवावे मेट भ्युर हुवावे मेट भ्यु जीटी पनि सार्वजनिक गरेको हो ।

कम्पनीले सो अवसरमा करीव १०० अन्य ह्वावे उपकरणहरूको घोषणा गरेको थियो - दुबै स्मार्टफोन र ट्याब्लेटहरू - हार्मोनी ओएस २ मा चलाउन अपग्रेड गरिनेछ, उपभोक्ताहरूलाई सबै प्रकारका परिदृश्यहरूमा सिमलेस इन्टेलिजेन्ट अनुभवको पहुँच विभिन्न उपकरणहरूमा हुनेछ ।

हाम्रो जीवनमा पहिले भन्दा बढि स्मार्ट उपकरणहरू छन् तर उनीहरूले प्रदान गर्ने अनुभव प्रायः त्यति स्मार्ट हुँदैन । पृथक प्रणालीहरूले इन्टरकनेक्टिभिटि र कार्यहरू जटिल बनाउँछन् जसले अन्ततः एक खंडित प्रयोगकर्ता अनुभव तिर लैजान्छ ।

यो समस्या समाधान गर्न हार्मोनी ओएस डिजाइन गरिएको हो । स्मार्ट उपकरणहरूको लागि नेक्स्ट-जेनेरेसन अपरेटिंग सिस्टमको रूपमा हार्मोनी ओएस ले विभिन्न प्रकारका उपकरणहरूको लागि जडान र सहकार्यको लागि साझा भाषा प्रदान गर्दछ, प्रयोगकर्ताहरूलाई थप सुविधाजनक, सहज र सुरक्षित अनुभव प्रदान गर्दछ ।

यसले एकल प्रणालीको साथ सबै प्रकारका बिभिन्न उपकरणहरूको विविध आवश्यकताहरू पूरा गन आवश्यकता अनुसार फ्लेक्जिबल डिप्लोयमेन्ट सक्षम बनाएर वितरित प्रविधि प्रयोग गर्दछ ।

हार्मोनी ओएस ले पहिले स्वतन्त्र रहेका उपकरणहरूलाई संयोजन र समग्र सुपर डिभाइसमा जोड्छ जसले सबै हार्डवेयर र श्रोतहरूलाई स्वतन्त्र रूपमा प्रयोगकर्ताको रियल-टाईम आवश्यकताको आधारमा यसको कम्पोनेन्ट उपकरणको क्षमताको लाभ उठाउन एकीकृत गर्दछ ।

डेभलपरहरूको लागि हार्मोनी ओएस ले क्रस-प्लेटफर्म विकास र एप्सको क्रस-उपकरण तैनातीलाई अनुमति दिन्छ, उपकरणहरूको बीच अनुप्रयोगहरूको विकास पहिले भन्दा सजिलो बनाउँदछ ।

हुवावे वाच थ्री सिरिज

ह्वावेको ब्रान्ड-न्यू फ्लागसिप स्मार्ट वाच हुवावे वाच थ्री सिरिजले तपाईको हातको फेशनलाई पुनः परिभाषित गर्दछ ।

कर्भ गिलास स्क्रिन र ३१६ एल स्टेनलेस स्टील केस भएको यो स्टाइलिश वाचमा ब्राण्ड-न्यू थ्रीडी रोटेटिंग क्राउन आउँदछ जसले विभिन्न स्तरको प्रेसर महसुस गर्न सक्दछ र प्रयोगकर्ताको इनपुटमा हप्टिक प्रति

क्रिया प्रदान गर्दछ जसले वाचलाई लगाउन र सञ्चालन गर्न सहज बनाउँदछ । हुवावे वाच थ्री सरिजले तपाईले फोन कल गर्न र प्राप्त गर्न सक्नु हुन्छ र तपाईंको त्यही फोन नम्बरको डाटा प्लानको प्रयोगले संगीत सुन्न सक्नु हुन्छ ।

\"\"

हुवावे वाच थ्री सिरिज हार्मोनी ओएस २ मा चल्दछ जसले यससंग एकीकृत रुपमा ह्वावे स्मार्टफोनको साथ धेरै फङ्गशन भएको ट्राभल सहायक जसरी सेवा गर्न सशक्त बनाउँदछ ।

कार्यक्षमता तपाईंको स्मार्टफोनबाट सीधा तपाईंको हातमा बग्दछ, सबै राईड-हेलिंग र फ्लाईट जानकारी एक चोटी मै उपलब्ध बनाउँदछ ।

एयरपोर्टबाट घरतर्फ लाग्दा यदि तपाईं सार्वजनिक ट्रान्जिट लिदै हुनुहुन्छ भने तपाईंको वाच र तपाईंको फोन दुबैले तपाईंलाई तपाईको गन्तव्य नजिकिँदै गरेको सम्झाउने छ । तपाईले फेरि कहिले पनि आफ्नो स्टप छुट्ला भनेर चिन्ता लिनु पर्दैन ।

हुवावे वाच थ्री सिरिज पनि एक प्रोफेशनल फिटनेस र स्वास्थ्य प्रबन्धकको रूपमा सेवा प्रदान गर्दछ जसले १०० भन्दा बढी कसरत मोड समर्थन गर्दछ ।

एक विस्तृत श्रृंखलाको स्वास्थ्य सेवा समर्थन विकल्पहरू बाहेक वाचले  नयाँ हाई-प्रिसिजन तापमान सेन्सरको साथ छालाको तापक्रमको पनि निगरानी गर्न सक्दछ ।

यसले गिरावट पत्ता लगाउने र एसओएस फङ्गशनहरू पनि समर्थन गर्दछ त्यसैले प्रयोगकर्ताहरूले वास्तविक समयमा उनीहरूको स्वास्थ्यको निरीक्षण गर्न र व्यवस्थापन गर्न सक्दछ ।

हुवावे वाच थ्री प्रोले अल्ट्रा-लंग ब्याट्री लाइफ सुविधा प्रदान गर्दछ जुन स्मार्ट मोडमा पाँच दिनसम्म र २१ दिनसम्म अल्ट्रा-लंग ब्याट्री लाइफ मोडमा रहन्छ । हुवावे वाच थ्री, यसको बदलामा, स्मार्ट मोडमा तीन दिन र अल्ट्रा-लंग ब्याट्री लाइफ मोडमा १४ दिन हुन्छ ।

हुवावे मेटप्याड प्रो

नयाँ हुवावे मेटप्याड प्रो मा ९० प्रतशित स्क्रीन-टु-बडी रेसियो भएको एक सुन्दर १२.६-इन्च ओएलइडी फुलभ्यु डिस्प्ले छ जुन अहिले बजारमा उपलब्ध सबै ट्याब्लेटहरु मध्ये उच्च हो ।

प्रत्येक डिस्प्ले ०.५ भन्दा कमको कलर डिफरेन्सका साथ आउँछ जसले प्रोफेशनल मोनिटर जतिको अत्यन्तै हाई कलर एक्युरेसी, क्रिस्प, कलर-एक्युरेट पिक्चर प्रस्तुत गर्दछ ।

हुवावे मेटप्याड प्रो प्रो मा १,०००,०००ः१ को अल्ट्रा-हाई कन्ट्रास्ट रेसियोे पनि छ र यसले डीसीआई( फीथ्री कलर गमूटलाई समर्थन गर्दछ ।

किरीन ९००० सिरिज चिपसेटले सुसज्जित हुवावे मेटप्याड प्रो ले अविश्वसनीय स्तरको कार्य प्रर्दशन गर्दछ । हार्मोनी ओएस को वितरित डाटा व्यवस्थापन र कार्य अनुसूची क्षमताहरूद्वारा समर्थन प्राप्त ट्याब्लेटले तपाईंको उत्पादन र सिर्जनात्मक परिदृश्यहरूलाई डबल गर्न स्मार्टफोन र पीसीसंग मिलेर काम गर्न सक्दछ, तपाईं अफिसमा होस् वा ड्रइंग बोर्डमा ।

\"\"

हुवावे मेटप्याड प्रो ले पीसीहरुको बहु-स्क्रीन कोलाबोरेसनलाई समर्थन गर्दछ । ट्याब्लेट मिरर मोडमा ड्रइंग बोर्ड र एक्सटेन्ड मोडमा मोनिटर बन्न सक्दछ ।

यसले अधिक कुशल र मद्दत मिल्ने बहु-उपकरण अनुभव प्रदान गर्दै क्रस-डिभाईस फाईल ड्र्यागिङ र ड्रपलाई समर्थन गर्दछ ।

सेकेन्ड-जेनेरेसन हुवावे एम पेन्सलिसंगै हुवावे मेटप्याड प्रो अनावरण गरिएको थियो । नयाँ स्मार्ट कलममा हाई-प्रीसिजन हस्तलेखन र अल्ट्रा-लो लाटेन्सीका लागि नयाँ प्लैटिनम-कोटेड निबको सुविधा छ, ४,०९६ फोर्सको सहि प्रकारले भिन्न गर्दछ ।

हुवावे एम पेन्सलि लफ्री स्क्रीप्ट समर्थन गर्दछ जसले कुनै पनि इनपुट बक्समा हस्तलेखनलाई रीयल टाईममा डिजिटल टेक्स्टमा रूपान्तरण गर्दछ ।

थप रूपमा, इन्टेलिजेन्ट अन्तरक्रियाहरू जस्तै स्विच गर्न डबल-ट्याप, तत्काल आकार र तत्काल तालिका हस्तलेखन इनपुटलाई अधिक निर्बाध र प्राकृतिक बनाउँदछ ।

पूर्ण रूपमा नयाँ अन्तरक्रियात्मक अनुभवः प्रयोग गर्न सजिलो र पहिलेभन्दा स्मार्ट

हार्मोनी ओएस सँग बहु-उपकरण अन्तरक्रियाले धेरै उपकरणहरूसंगको कार्यलाई सरल तरिकाले नियन्त्रण गर्दछ । नयाँ कन्ट्रोल प्यानलले ड्र्याग-एन्ड-इन्टिग्रेट विषेशताको माध्यमबाट सरल र सहज कनेक्शनहरू समर्थन गर्दछ जसले प्रयोगकर्ताहरूलाई विशेष परिदृश्यहरूमा आधारित उपकरणहरू स्वतन्त्र रूपमा कनेक्ट गर्न दिन्छ ।

उदाहरणको लागि, यदि तपाईं राती अबेर घरमा चलचित्र हेर्न चाहनु हुन्छ भने तपाईंले गर्नुपर्ने भनेको कन्ट्रोल प्यानल खोल्नु पर्छ र स्मार्ट स्क्रिन आइकनलाई तपाईंको फोन आइकनमा तान्नु पर्छ र फिल्म तपाईंको फोनबाट सीधै टिभिमा आउँछ ।

यदि हुवावे फ्रीबड्स फोर  लगाई रहनु भएको छ भने तपाईं फोन आइकनमा इयरफोन आईकन तान्न सक्नु हुनेछ, तपाईंको फ्री बड्स मार्फत आवाज आउँदै गर्दा फिल्म चल्ने छ । यो सुपर उपकरण अनुभवको एक उदाहरण हो ।

हार्मोनी ओएस २ को नयाँ टास्क सेन्टरले इच्छा अनुसार फरक फरक उपकरणहरू बीच जान अनुमति दिन्छ, ताकि सबै कार्य र सेवाहरू जहिले र जहाँपनि उपलब्ध हुनेछ । सुपर उपकरण प्रणालीको हिस्सा रहेको कुनै पनि उपकरणमा तपाईं अन्य उपकरणहरूमा काम भइरहेको देख्न सक्नु हुनेछ ।

यदि तपाईं मोबाइल गेमिंगको लागि ठूलो डिस्प्ले चाहानु हुन्छ भने तपाईं केवल स्वाइप गर्न सक्नु हुन्छ र ओभरभ्यू स्क्रिन ल्याउन होभर गर्न सक्नु हुन्छ र हुवावे मेडप्याड प्रो मा गेम सारेर रमाइलो गर्न सक्नु हुन्छ ।

नयाँ हार्मोनी ओएस होम स्क्रीन पहिलेभन्दा धेरै सुव्यवस्थित र संगठित छ । तपाइले सेवा विजेट सिर्जना गर्न एपमा स्वाइप गर्न सक्नु हुन्छ जसले बिना एप खोली रीयल-टाईम, ईजी-टु-एक्सेस जानकारी वा सेवाहरू प्रदर्शन गर्न सक्दछ ।

तपाईंले सेवा विजेटको आकार मिलाउन सक्नु हुन्छ, ट्याप र स्वाइप अप गरी विडजेट विजेट डिस्प्ले गर्न सक्नु हुन्छ र होम स्क्रिनमा कुनै खाली ठाँउमा ट्याप गरी तिनीहरु हाईड पनि गर्न सक्नु हुन्छ ।

सेवा विजेटहरू अटोमिक सेवाहरू प्रयोग गर्न पनि प्रयोगमा ल्याउन सकिन्छ जुन सजिलै सेवा केन्द्रमा कल र सेयर गर्न सकिन्छ बिना डाउनलोड वा इन्स्टल गरी, जस कारण समाचार एकत्रीकरण जस्ता कार्यहरू गर्न सजिलो र अधिक सुविधाजनक बन्दछ ।

लुक-एन्ड-फिल को मामलामा, इनोभेटिभ अन्तरक्रियाको सुन्दरता सौंदर्य विवरणमा निहित छः विशेष गरी डिजाइन हार्मोनी ओएस सान्स फन्ट र प्राकृतिक गुरुत्वाकर्षण एनिमेसन सबै हार्मोनी ओएस उपकरणहरुमा एकै खाले उपयोगकर्ता अनुभव प्रदान गर्दछ ।

नन हुवावेउपकरणहरु धेरै भन्दा धेरै सुसज्जित गर्न हुवावे हाइलिंकलार्ई हार्मोनी ओएस कनेक्टमा अपग्रेड गरिएको हो ।

स्मार्ट होम उपकरणहरू एकल ट्यापको साथ तपाईको मोबाईल फोनमा कनेक्ट गर्न सकिन्छःः हार्मोनी ओएस कनेक्टलाई समर्थन गर्ने मडियिा ओभनमा आफ्नो फोन ट्याप गरी रेसिपि छनौट गर्नुस् र तुरून्तै खाना तयार बनाउनु होस् ।

हाइर रेफ्रिजरेटरमा तपाई बचेकुचेको खाना लामो समयसम्म सुरक्षित राख्न सक्नु हुन्छ किनकि यसले खाद्यानको प्रकारको आधारमा तापक्रम समायोजित गर्दछ ।

र जोयोंग सोयमिल्क मशीनबाट आफ्नो शरीरको लागि सही सोयमिल्क पाउनु होस् जसले तपाइँको स्वास्थ्य एपमा रहेको डाटाको आधारमा तपाईलाई रेसिपि सिफारिस गर्दछ । सँगै काम गर्दा यी कनेक्सनहरूले तपाईंको भान्छालाई व्यक्तिगत स्वास्थ्य कोचमा बदल्न सक्छ ।

अधिक गोपनीयता र सुरक्षाको लागि बृहत प्रदर्शन लाभ

हार्मोनी ओएस २ इएमयुआई को अन्तिम जेनेरेसन भन्दा अधिक सजीलो गरी चल्दछ । हार्मोनी ओएस २ फोनले ३६ महिनाको प्रयोग पछि पनि उपकरणमा थोरै स्टोरेज भए पनि नयाँ फोनको जस्तै पढ्ने/लेख्ने गति राख्दछ ।

हार्मोनी ओएस २ ले खुला रहेको एपहरु ब्याकग्राउन्डमा चालु राख्दछ ताकि तपाईंको कार्यहरू सँधै जहाँ तपाईंले छोड्नु भएको थियो त्यहीबाट उपलब्ध होस् ।

दर्जनौं अन्य एप खुला भए पनि तपाईंले अन्तिम चोटी गरेको कार्य वा पृष्ठमा जान सक्नु हुन्छ । उदाहरणको लागि, तपाईं शपिंग एपमा सामान हेर्दै हुनुहुन्छ त्यसपछि तपाईं आफ्नो साथीलाई सन्देश पठाउन अर्को एप खोल्नु भयो र त्यसपछि तपाईं ब्राउजरमा केहि खोज्न थाल्नु भयो भने अब तपाईं फेरी शपिंग एपमा फर्किनु हुँदा बिना कुनै अवरोध त्यही अन्तिम पेजमा फर्किन सक्नुहुन्छ ।

\"\"

अझै के छ भने, तपाई हार्मोनी ओएस २ आधारित उपकरणको साथ लामो ब्याट्री लाईफको मजा लिन सक्नु हुन्छ । हार्मोनी ओएस २ मा अपग्रेड भएपछि हुवावे मेट फोर्टी प्रो मा आरामले ५.१ घण्टा गेम चलाउन सक्नु हुन्छ ।

ह्वावे प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको लागि प्रतिबद्ध छ । हार्मोनी ओएस मा इएमयुआईमा हुने प्राइभेसी र सुरक्षा प्रविधिहरू पाइने छ ।

हाम्रो कोर डिजाइन सिद्धान्त भनेको यो सुनिश्चित गर्नु हो कि केवल सही व्यक्तिले सही उपकरणको साथ सही डाटा एक्सेस गर्न सक्दछ, प्रत्येक उपकरणको प्रत्येक एक्सेसको सुरक्षा सुनिश्चित गर्न साथै स्टोरिंग, प्रसारण र सबै सिनारियोमा डाटा प्रयोग गर्ने प्रत्येक कार्यको सुरक्षा सुनिश्चित गर्दछ ।

जब बहु-उपकरण सहयोगी पहिचान प्रमाणीकरण सक्रिय हुन्छ, प्रयोगकर्ताहरूले फेसियल पहिचान र एक विशेष चेकको सहायताले  फोन अनलक गर्न सक्दछन् र विषेश चेकले प्रयोगकर्ताको वाच र फोनको कनेक्सन सुनिश्चित गर्दछ ।

थप रूपमा, हार्मोनी ओएस ले श्रेणीको आधारमा प्रयोगकर्ता डाटा प्रबन्ध गर्दछ र सुपर उपकरणहरूको लागि विशिष्ट सुरक्षा थ्रेशोल्डहरू सेट गर्दै स्तरद्वारा यन्त्रहरूको सुरक्षा गर्दछ ।

केवल सख्त सुरक्षा आवश्यकताहरू पूरा गर्ने उपकरणहरूले मात्र उनीहरूको सुरक्षा स्तर अनुरूप डाटा एक्सेस गर्न सक्दछन्, यो कुरा सुनिश्चित गरेर कि प्रयोगकर्ताहरूले बहु-उपकरण सहयोग सुविधाहरूको प्रयोग मानसिक शान्ति सहित गर्न सक्दछन् ।

हार्मोनी ओएस अनुप्रयोगहरू विकास, रिलिज, इन्स्टलेसन र सफा इकोसिस्टममा सुरक्षित अनुभव सुनिश्चित गर्न कडा परीक्षणको माध्यमबाट जान्छन् ।

आजका दिनहरुमा हामी धेरै भन्दा धेरै स्मार्ट उपकरणहरुले घेरिएका छौं र अहिले संसारमा सबै चीजहरू संग कनेक्टेड छौं, ह्वावेका उपभोक्ता व्यवसाय समूहका कार्यकारी निर्देशक र सीईओ रिचर्ड यूले भन्नुभयो ।

हामी सबै जना र हरेक उपकरण पूणर् रुपमा कनेक्टेड संसारको एक हिस्सा हो । हामी एउटा बढ्दो हार्मोनी ओएस इकोसिस्टम निर्माण गर्नका लागि धेरै साझेदार र विकासकर्ताहरूसँग काम गर्न तर्फ हेर्दछौं र हाम्रा संसारभरका ग्राहकहरूलाई अझ राम्रो अनुभव, उत्पादन र सेवाहरू प्रदान गर्नेछौं ।

अधिक उपभोक्ताहरुलाई सबै परिदृश्यहरुमा सहजता, सिमलेसनेस र हार्मोनी ओएसको सुरक्षा अनुभव गर्नको लागि अवसर प्रदान गर्न, करीव १०० ह्वावे उपकरणहरुले चीनमा हार्मोनी ओएस २ अपग्रेड प्राप्त गर्नको लागि सेट गरिएको छ जसमा हुवावे मेट फोर्टी सििरज , मेट थर्टी सिरिज, पी फोर्टीसिरिज, मेट एक्सटु, नोभा एट सिरिज  मेट प्याड प्रोसिरिज रहेको छ ।

चाँडै नयाँ ओएस प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूले ह्वावे क्लब वा माई ह्वावे एपमा आवेदन पेश गर्न सक्नेछन् वा चीनमा ह्वावेको कुनै पनि हुवावेको ६६ अफलाइन अनुभव स्टोरहरूमा हार्मोनी ओएस अनुभव अफिसर प्रोग्रामको लागि साइन अप गर्न सक्नेछन् ।