कीवर्डहरू -

२०० एमबीपीएससम्मको इन्टरनेट दिदै डिशहोम

२०० एमबीपीएससम्मको इन्टरनेट दिदै डिशहोम

डिशहोमले अब २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । अबको दश दिनमा व्यक्तिगत ग्राहकहरुलाई २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने डिशहोम फाइबर नेटको योजना रहेको छ ।

डिशहोम फाइबर नेटले अब १५० देखि २०० एमबीपीएस सम्मको इन्टरनेट सेवा दिने तयारी गरेको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

‘हप्ता दश दिन भित्रमै हामी व्यक्तिगत ग्राहकहरुलाई २०० एमबीपीएस सम्मको इन्टरनेट दिने पक्षमा छौं,’ सापकोटाले आइसिटी समाचारसँग भने ।

हाल डिशहोम फाइबर नेटले ३०,४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

अहिले काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगिसकेको र २ महिना भित्र उपत्यकाका सबै ठाउँमा पुग्ने उनले आइसिटी समाचारलाई जानकारी दिए ।

साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले बताए ।

डिशहोम प्रयोग गरिरहेका सबै ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । डिशहोम जस्तै गरेर भविष्यमा स्याटेलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको सापकोटाले बताउँछन् ।