कीवर्डहरू -

भन्सार छलेर ल्याएका १८० मोबाइल बरामद

भन्सार छलेर ल्याएका १८० मोबाइल बरामद

सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएका १ सय ८० वटा मोबाइल सेट बरामद गरेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएका आईटिएल कम्पनीको १ सय ८० वटा मोबाइल सेट बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जयसपुरबाट खटिएको सशस्त्र प्रहरीले बुधबार बरामद गरेको हो ।

बरामद मोबाइल सेट भन्सार कार्यालय जमुनाहमा बुझाको सशस्त्र प्रहरीले जनाएको छ ।