कीवर्डहरू -

अनलाइनबाटै होटेल बुकिङ गर्न सकिने एप ‘अतिथी घर’, यसरी गर्नुस् प्रयोग

अनलाइनबाटै होटेल बुकिङ गर्न सकिने एप ‘अतिथी घर’, यसरी गर्नुस् प्रयोग

अब विश्वको जुनसुकै देशबाट नेपालमा होटेल बुक गर्न सकिने भएको छ । अनलाइनबाटै नेपालका होटेल बुकिङ गर्न सकिने ‘अतिथ घर’ नामक मोबाइल एप तयार भएको छ ।

यती टेक कम्पनीले अतिथी घर एप सञ्चालनमा ल्याएको हो । यसबाट अहिले सयभन्दा धेरै होटलहरुको बुकिङ गर्न सकिन्छ । नेपालका सबै होटललाई अतिथी घर एपमा समावेश गर्ने कम्पनीको योजना रहेको छ ।

यसरी प्रयोग गर्नुहोस्

सबैभन्दा पहिले मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड फोनका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । एप डाउनलोड गरेपछि एप खोल्नुहोस् र त्यसमा आफ्नो अकाउन्ट बनाउनुहोस् ।

अकाउन्ट बनाएर तपाईले लगइन गरेपछि त्यहाँ होटलहरुको विवरण कोठाको मूल्यसहित आउँछ । होटलमा पालना गर्नुपर्ने नियमहरु पनि एपमार्फत नै हेर्न सकिन्छ । एपबाट होटेल बुक गर्दा इसेवा, फोनपे तथा मास्टरकार्डबाट पैसा तिर्न सकिने छ ।