कीवर्डहरू -

नेपाल टेलिकमले तयार गर्यो फाइभजी परीक्षणको मोडालिटी, फाइनल गर्दै प्राधिकरण

नेपाल टेलिकमले तयार गर्यो फाइभजी परीक्षणको मोडालिटी, फाइनल गर्दै प्राधिकरण

नेपाल टेलिकमले फाइभजी परीक्षणको लागि मोडालिटी तयार गरेर स्वीकृतिको लागि नियामक निकाय नेपाल दूसञ्चार प्राधिकरणसमक्ष पेश गरेको छ । सरकारले फाइभजी परीक्षण गर्न टेलिकमलाई निर्देशन दिएअनुसार उक्त मोडालिटी तयार गरेको हो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणको लागि तयार भएको मोडालिटीको अध्ययन भइरहेको बताए । ‘टेलिकमले तयार गरेको मोडालिटी प्राप्त भइसकेको छ,’ आइसिटी समाचारसँग कुरा गर्दै खनालले भने, ‘हामीले त्यसको अध्ययन गरिरहेका छौं । दुई चार दिनमा यसको फाइनल गर्छौं।’ मोडालिटीको अध्ययनलाई अन्तिम रुप दिएपछि परीक्षणको लागि अगाडि बढ्ने उनले बताए ।

टेलिकमले फाइभजी परीक्षण गर्ने भनेर अध्ययन समिति बनेका थियो । उक्त समितिले फाइभजी परीक्षण कसरी गर्ने भनेर मोडालिटी तयार गरिसकेको छ ।

‘परीक्षण कसरी गर्ने, कुन कुन फ्रिक्वन्सीमा गर्ने, कुन कुन साइटमा गर्ने, कसरी गर्ने, कुन एप्लिकेसन चलाउने भनेर समितिले तय गरेको छ,’ नेपाल टेलिकमका प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीले भने, ‘समितिले तयार गरेको प्रतिवेदन प्राधिकरणसमक्ष पेश गरेका छौं ।’ प्राधिकरणबाट स्वीकृति भएर आएपछि परीक्षणको काम अगाडि बढ्ने उनले बताए ।

फाइभजी परीक्षणको लागि पूर्वाधार पनि तयार हुनुपर्छ । जस्तो कि आधारभूत संरचनाहरु बिटिएसम्म १० जीको अप्टिकल लिंक उपलब्ध हुनुपर्छ । टावरमा स्पेस र पावर सिस्टम उपलब्ध हुनुपर्छ । फाइभजीको लागि कुन कुन एप्लिकेसन चलाउने हो सबै तयार हुनुपर्छ । साथै, कोर साइड पनि तयारी हुनुपर्छ ।

फाइभजीको एक्टिभ एन्टेना युनिट (एएयु) आवश्यक पर्छ । यो प्रविधि भने फ्रिक्वन्सी फाइनल भएपछि मात्र ल्याउन सकिने अधिकारीले बताए । अन्य पूर्वाधारहरु टेलिकमसँग तयारी अवस्थामा रहेको उनले बताए ।

प्राधिकरणले फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज र २.६ गिगाहर्ज ब्याण्ड प्रयोग गर्ने तयारी गरिरहेको छ ।

भारतमा पनि केही दिन अघि फाइभजी परीक्षणको लागि व्यान्ड तोक्दै विभिन्न सेवा प्रदायकलाई बाँडफाँड गरेको थियो । जसअनुसार भारतमा फाइभजी परीक्षणको लागि ७०० मेगाहर्ज, ३.३–३.६ गिगाहर्ज र २४.२५–२८.५ गिगाहर्ज ब्याण्ड प्रयोग गर्न लागिएको छ ।

टेलिकमले फाइभजी परीक्षण गर्ने भनेर अध्ययन समिति बनेका थियो । उक्त समितिले फाइभजी परीक्षण कसरी गर्ने भनेर मोडालिटी तयार गरिसकेको छ । मोडालिटीको अध्ययनलाई अन्तिम रुप दिएपछि परीक्षणको लागि अगाडि बढ्ने उनले बताए ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसियसन (जीएसएमए)ले ३० गिगाहर्जभन्दा तल फाइजीको लागि राम्रो हुदैन भनेको छ ।

अन्तर्र्राष्ट्रियस्तरमा हेर्ने हो भने फाइभजीको लागि तीनवटा व्यान्डमा तय गरिएको अधिकारी बताउँछन् । एक गिगाहर्जभन्दा तलको लोअर व्यान्ड, एक गिगाहर्जभन्दा माथि मिड व्यान्ड र २४ गिगजाहर्जभन्दा माथिको हाइ व्यान्ड छन् ।

नेपालको सन्दर्भमा लोअवर व्यान्ड र मिड व्यान्डको संयोजनमा फाइभजी चलाउँदा प्रभावकारी हुनसक्ने अधिकारीको भनाइ छ। अहिले बाहिर जति पनि फाइभजीका सिस्टमहरु चलेका छन्, तिनीहरुको स्पेक्ट्रम भनेको ३४ सय मेगाहर्ज व्यान्ड र २६ सय मेगाहर्ज व्यान्ड प्रयोग गरेका छन् । ७ सय मेगाहर्ज एकदमै कम भएको छ ।

नेपालको सन्दर्भमा ७ सय, ३४ सय २६ सय सय मेगाहर्ज व्यान्डमा फाइभजी चलाउँदा अझ बढी प्रभावकारी हुनसक्ने अधिकारीको भनाइ छ ।

प्राधिकरणले चार वर्षमा फाइभजीलाई मुलुकभर विस्तार गर्ने गरी कार्ययोजनासमेत अगाडि सारेको छ । नेपाल सरकारले यसको परीक्षणको लागि स्वीकृति दिइसकेको छ भने यससँग सम्बन्धित नीति नियम बनाइरहेको सन्दर्भमा प्राधिकरणले कार्यायोजना अगाडि सारेको हो ।

प्राधिकरणले फाइभजी परीक्षण यसै वर्ष सुरु गर्ने र सन् २०२२ र २०२३ मा फाइभजीको सुरूवाति चरणका कार्यान्वयनको काम हुनेछन् । सन् २०२५ सम्ममा देशभर फाइभजी विस्तार गर्ने र सन् २०२८ सम्ममा करिब ७० प्रतिशत जनसंख्यामा फाइभजी सेवा पुर्याउने योजना प्राधिकरणको छ ।

सन् २०२२ मा एक वर्षको परीक्षणकाल राखेर त्यसपछि व्यवसायिक सुरुवात गरिने प्राधिकरणको भनाइ छ । उक्त वर्ष मुलुकका  प्रमुख सहरमा यसको व्यवसायिक प्रयोग गर्ने प्राधिरणको योजना छ । देशका प्रमुख शहरहरुमा फाइभजीको व्यवसायीक प्रयोग गर्ने प्राधिकरणको योजना रहेको छ ।