कीवर्डहरू -

रियलमी ८ सार्वजनिक, कति छ मूल्य ?

रियलमी ८ सार्वजनिक, कति छ मूल्य ?

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो ।

यो सिरिज तीनवर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ मोबाइलफोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखापरेको कम्पनीको दावी छ ।

रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्गफिचरहरुका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्मउच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।

रियलमी ८को मुख्य क्यामेरा ६४ एमपीक्यामेरा रहेको छ साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्ससहितचार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेका छन् ।

८ ¥यामर १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५ हजार ९ सय ९० तोकिएको छ ?