कीवर्डहरू -

कुन कुन ठाउँमा उपलब्ध छ सिजी इन्टरनेट ? 

कुन कुन ठाउँमा उपलब्ध छ सिजी इन्टरनेट ? 

चौधरी ग्रुप अन्तर्गतको सिजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका ६ ठाउँमा उपलब्ध भएको छ । सिजी नेटको सेवा जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) र पुलचोकमा उपलब्ध भएको हो ।

सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपैयाँ, ३ महिनाको २ हजार ९९७, ६ महिनाको ६ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ ।

यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुनेछ ।

चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै गत मंगलबारदेखि सिजी नेट सुरु गरेको थियो । कम्पनीले सबैभन्दा छिटो र सस्तो सेवा उपलब्ध गराउने जनाएको छ ।