कीवर्डहरू -

मेगा बैंकले शुरू गर्‍यो ऋण अटोमेसन प्रणाली

मेगा बैंकले शुरू गर्‍यो ऋण अटोमेसन प्रणाली

मेगा बैंक लिमिटेडले एसबी सोलुसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नेछ ।

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउने बताइएको छ ।

यसले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

बैंकले एसबी सोलुसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ । जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्‍याउँने छ ।