कीवर्डहरू -

लुम्बिनी प्रदेशका सबै जिल्लामा स्टिम एजुकेशन सञ्चालन गरिने

लुम्बिनी प्रदेशका सबै जिल्लामा स्टिम एजुकेशन सञ्चालन गरिने

लुम्बिनी प्रदेशले सरकारले प्रदेशका सबै जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) सम्बन्धि परियोजना सञ्चालन गर्ने भएको छ  ।

मंगलबार लुम्बिनी प्रदेशले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशका सबै जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) सम्बन्धि परियोजना सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

‘प्रदेशका सबै जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित (स्टिम) सम्बन्धी परियोजना सञ्चालन गरी आधारभूत तहदेखि उच्च शिक्षासम्म  संस्थागत गर्दै सार्वजनिक शिक्षालाई प्रदेशको विकासको लागि आवश्यक मानव पूँजी निर्माण गर्ने संयन्त्रको रुपमा रुपान्तरण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।