कीवर्डहरू -

अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने

अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने

अब एन्ड्रोइडमा डिफल्ट सर्च इन्जिनको रूपमा गूगल बाहेक अरू सर्च इन्जिन पनि छनोट गर्न सकिने भएको छ ।गूगलले आफ्ना प्रतिस्पर्धी सर्च इन्जिनहरुलाई डिफल्ट सर्च इन्जिनको रुपमा एन्ड्रोइडमा निःशुल्क आउन दिने भएको हो ।

यसका लागि गूगलले निलामी प्रणाली प्रयोग गर्न दिनेछ जसले अरु सर्च इन्जिन डिफल्ट सर्च इन्जिन राख्न पाइने छ ।

यूरोपमा गूगलले सन् २०१८ मा एन्टिट्रस्ट इन्फोरमेन्ट एक्सन अन्तर्गत ५ बिलियन डलर जरिवाना तिरेदेखि त्यहाँ एन्ड्रोइडमा आफु खुशी एप र सर्भिसेज छान्न सकिन्छ ।

यूरोपमा डिभाइस सेट गर्दा नै एन्ड्रोइड च्वाइस स्क्रीन भनेर आउँछ जसले आफूलाई मनपर्ने सर्च इन्जिन छान्न दिन्छ र यही सुविधा अब गूगलले सर्वत्र उपलब्ध गराउने भएको छ ।

गूगलले सर्च प्रदायकको संख्या पनि बढाउने भनेको छ । च्वाइस स्क्रीन फिचरले १२ ओटा जति सर्च इन्जिन देखाउने कम्पनीले बताएको छ । सेप्टेम्बर १ सम्ममा यो फिचर बेलायत र अष्ट्रेलियामा उपलब्ध हुने जनाइएको छ ।