कीवर्डहरू -

बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर आविष्कार केन्द्रले प्रमाणित गरेको छैनः महावीर पुन

बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर आविष्कार केन्द्रले प्रमाणित गरेको छैनः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर राष्ट्रिय आविष्कार केन्द्रले प्रमाणित नगरेको बताएका छन् ।

हाल नेपाली बजारमा बिक्री भइरहेको अक्सिजन कन्सन्ट्रेटरका केही बिक्रेताहरुले आफ्नो अक्सिजन कन्सन्ट्रेटरहरु बिक्री गर्न ‘राष्ट्रिय आविष्कार केन्द्रले प्रमाणित गरेको’ भनेर झुटा विज्ञापन गरिरहेको भन्दै त्यसप्रति सावधान हुन आग्रह गरेका छन् ।

‘राष्ट्रिय आविष्कार केन्द्र कुनै प्रमाणीकरण गर्ने सरकारी निकाय नभएकाले सर्वसाधारणको जानकारीका लागि त्यस्तो झुटो विज्ञापनसँगग सावधान हुन जानकारी गराउन चाहन्छु,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कसैले यस्तो किसिमको झुटो काम नगर्न पनि अनुरोध गर्दछु ।’