कीवर्डहरू -

अब साँझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने 

अब साँझ ७ बजेसम्म  होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने 

असार १ गतेदेखि अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा खुल्ला हुने भएको छ ।

आईतबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप्दै होम डेलिभरी सेवा खुल्ला गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रायोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

यसअघि सर्वोच्च अदालतले पनि होम डेलिभरी सेवा नरोक्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।  व्यवसायीहरुले पनि यस्तो अवस्थामा होम डेलिभरीको महत्व झन बढेको भन्दै इकमर्शलाई सरकारले रोकेको विषयमा विरोध जनाएका थिए ।