कीवर्डहरू -

ल्याप्चेको ठाउँमा बायोमेट्रिक प्रयोग गर्न उद्योग संगठन मोरङले दियो राष्ट्र बैंकलाई सुझाव

ल्याप्चेको ठाउँमा बायोमेट्रिक प्रयोग गर्न उद्योग संगठन मोरङले दियो राष्ट्र बैंकलाई सुझाव

डिजिटल प्रविधिको प्रयोग व्यापक भइरहेको अवस्थामा बैंकको कारोबारलाई पेपरलेस बनाउन उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । उसले अहिले पनि बैंकको कारोबार गर्दा ल्याप्चे लगाउनु पर्ने भएकाले त्यसको ठाउँमा बायोमेट्रिक विधि प्रयोग गर्न सुझाव दिएको छ ।

नेपाल राष्ट्र वैंकले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा सम्वोधन गर्नुपर्ने विषयहरुका बारेमा ११ बुँदे सुझाब दिदै बैंकिङ कारोबारलाई डिजिटल बनाउने नीति अवलम्बन गर्न सुझाब दिएको हो ।

२१ औं शताब्दीको डिजिटल प्रविधिको युगमा पनि बैकिङ कारोबार प्रणाली परम्परागत कागजी झमेला, तमसुक, भौतिक उपस्थितभई ल्याप्चे लगाउनु पर्ने अवस्था रहेको भन्दै यसलाई डिजिटल माध्यमबाट सरल र प्रविधिमैत्री बनाउ उद्योग संगठन मोरङले सुझाएको छ ।

‘सम्पूर्ण बैकिङ कारोबारलाई पेपरलेस बनाउदै ल्याप्चेलाई बायोमेट्रिक प्रयोग गरेर विस्थापन गर्नुपर्छ,’ सुझाबमा भनिएको छ ।

आइतबार गर्भनर महाप्रसाद अधिकारीको उपस्थितीमा भएको भर्चुअल अन्तरक्रिया कार्यक्रम उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले उद्योगी÷व्यवसायीहरुको तर्फबाट ११ बँुदे सुझाव प्रस्तुत गरेका थिए ।