कीवर्डहरू -

क्लबहाउसबाट कसरी पैसा कमाउने ? 

क्लबहाउसबाट कसरी पैसा कमाउने ? 

क्लबहाउस दुवै एन्ड्रोइड र आईओएसका लागि रहेको भ्वाइस च्याटिङ एप हो । यो मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । यो भ्वाइसबाट मात्रै कुराकानी गर्न सकिन्छ ।

एलन मक्स, मार्क जुकरबर्ग जस्ता व्यक्तिहरुले पनि क्लबहाउस प्रयोग गरिसकेका छन् । नेपालमा पनि क्लबहाउस एकदमै चर्चित बन्दै गइरहेको छ ।

सजिलै साइन इन नगर्न मिल्ने हुँदा पनि यसले धेरैलाई आकर्षित गरिरहको छ । प्रयोगकर्ताहरुले यस माध्यमबाट विभिन्न कार्यक्रमहरु पनि गरिरहेका छन् ।

नेपाली प्रयोगकर्ताहरुले पनि क्लबहाउसमा व्यवसायिक, प्राविधिक, राजनितीक, उद्यमशीलता, स्टार्टअप लगायतका विषयमा छलफल गरिरहेका हुन्छन् ।

यो एप नेपालममा हालैमा सार्वजनिक भएको कारणले पनि प्रयोगकर्ताको उत्सुकताको कारणले यसले धेरै प्रयोगकर्ता बटुल्न सफल भएको छ ।

तर तपाईलाई मनमा हुन सक्छ के क्लबहाउस मार्फत हामीले पैसा कमाउन सक्छौ ? सकिन्छ भने कसरी सकिन्छ ? आज हामीलाई क्लबहाउसबाट पैसा कमाउन सकिने केही तरिकाको बारेमा जानकारी दिदैछौं ।

आफ्नो बायो प्रयोग गरेर

क्लबहाउस प्रोफाइलको बायो प्रयोग गरेर आफ्नो बारेमा परिचय दिन मात्रै नभएर पैसा कमाउनलाई पनि प्रयोग गर्न सकिन्छ ।

तपाईले राम्रो कन्टेन्ट बनाउनुहुन्छ भने अरु क्लबहाउस प्रयोगकर्तालाई विभिन्न क्यास एपको लिकं राखेर सहयोगका लागि अनुरोध गर्न सक्नुहुनेछ ।

त्यस्तै विसलिस्ट राखेर अरु प्रयोगकर्तालाई आफ्नो प्रडक्ट वा सेवा पनि तपाईले बेच्न सक्नुहुनेछ । यसरी आफ्नो सामानको प्रचार हुनसक्नेछ । लिकं राख्दा खेरी यो लिकं कस्तो ग्राहकहरुलाई लक्षित गरेर राखिएको हो भनेर  डिस्क्लेमर राख्नुपर्ने हुन्छ ।

पेड रुम र सब्सिक्रिप्सन

क्लबहाउसमा पैसा कमाउने अर्काे उपाय भनेको भुक्तानी (पेड) गर्नुपर्ने रुम राख्नु र सब्सिक्रिप्सनको अप्सन राख्नु हो । यसमा भर्चुअल क्लासरुमदेखि सेमिनार जस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ ।

यसका लागि पेपाल, स्कवार जस्ता भुक्तानी सेवा चाहिने गर्दछ । यस्तो कार्यक्रमहरु एक्सक्लुसिब बनाएर क्लबहाउसमा मात्रै सुन्न पाइने खालको हाल्नुपर्छ ।

‍स्पोन्सर रूम

अनलाइन युगमा स्पोन्सरसीप एकदमै प्रचलित बन्दै गईरहेको छ । त्यहीकारणले तपाइले आफ्नो रुमलाई स्पन्सर गराउन सक्नुभयो भने त्यहीँबाट पनि पैसा कमाउन सक्नुहुनेछ ।

तपाईले धेरै मात्रामा सहभागीहरु पाउन सक्नुहुन्छ भने केही व्यवसायले तपाईलाई सामान प्रचार गरिदिन पैसा दिन पनि सक्दछन् । रेडियो स्टेसन, युट्युब भिडियोमा स्पन्सर पाएजस्तै क्लबहाउसमा पनि स्पन्सर पाएमा पैसा कमाउन सकिन्छ ।