कीवर्डहरू -

बागमती प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न ५० करोड विनियोजन, चार्जिङ स्टेशन पनि निर्माण गरिने

बागमती प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न ५० करोड विनियोजन, चार्जिङ स्टेशन पनि निर्माण गरिने

बागमती प्रदेशले नेपाल सरकारको सहलगानीमा आवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड रूपैयाँ विनियोजन गरेको बताएका हुन् ।

त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनको स्थापना गर्नुका साथै काठमाडौं- मुग्लिङ र भरतपुर-हटौडा खण्डको उपयुक्त स्थानहरुमा निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय चार्जिङ स्टेशनसहितको एकीकृत स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरेको उनले बताए ।

प्रदेशले सार्वजनिक यातायातमा बालबालिका तथा महिला उपर हुने हिंशा र अन्य दुर्व्यवहार अन्त्य गर्न प्रहरीसँगको समन्वयमा ‘तपाईको सुरक्षा एप’ विकास गरी कार्यान्यवनमा ल्याउने बजेट व्यवस्था गरेको छ ।

त्यस्तै प्रदेशले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन राजस्व भुक्तानी लगायतका क्रियाकलापहरु विद्युतीय प्रणाली मार्फत सञ्चालन गर्न बजेट व्यवस्ता गरेको छ ।