कीवर्डहरू -

बाढी पहिरोका कारण दूरसञ्चार सेवामा समस्या देखिए जानकारी गराउन प्राधिकरणको आग्रह

बाढी पहिरोका कारण दूरसञ्चार सेवामा समस्या देखिए जानकारी गराउन प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोका कारण कुनै क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवामा समस्या देखिए जानकारी गराउन आग्रह गरेको छ ।

बिहीबार एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले बाढी पहिरोका कारण कुनै क्षेत्रमा दूरसञ्‍चार तथा इन्टरनेट सेवामा समस्या देखिएमा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको हो ।

हालै देशभर आएको बाढी तथा पहिरोको कारणले दूरसञ्‍चार तथा इन्टरनेट सेवाको पूर्वाधारमा कुनै ठुलो क्षति भएको जानकारी नआएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्राधिकरणको उक्त सूचनामा भनिएको छ, ‘तर बाढी तथा पहिरोको कारणले उक्त क्षेत्रमा विद्युत अवरुद्ध भइ देशका विभिन्न स्थानमा दूरसञ्‍चार तथा इन्टरनेट सेवा संचालनमा केहि समस्या देखिएकोले सेवा प्रदायकहरुले सेवा सुचारु राख्न हरसम्भव प्रयास गरिरहेको हुँदा यदि कुनै क्षेत्रमा दूरसञ्‍चार तथा इन्टरनेट सेवामा समस्या देखिएमा प्राधिकरणमा जानकारी गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यसै सूचना मार्फत नेपाल दूरसञ्‍चार प्राधिकरण अनुरोध गर्दछ ।’