कीवर्डहरू -

नेपालमा आज सार्वजनिक हुँदै रेडमी नोट टेन एस, कति होला मूल्य ?  

नेपालमा आज सार्वजनिक हुँदै रेडमी नोट टेन एस, कति होला मूल्य ?  

रेडमी नोट १० एस शुक्रबार अर्थात आज नेपालमा सार्वजनिक हुने भएको छ । ६.४३ इन्च एमोलेड डिस्प्ले भएको रेडमी नोट १० एस आज सार्वजनिक हुने साओमी नेपालले बताएको छ ।

फोनमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास राखिएको छ । फोन डस्ट र स्प्लेस रेसिस्टेन्ट रहेको छ । रेडमी नोट टेन एसमा हेलियो जी ९५ प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ६४ जीबी र्‍याम रहेको छ भने इन्टर्नल स्टोरेज ६४ जीबी र १२८ जीबी उपलब्ध रहेको छ । यस फोनमा क्वाड रियर क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्ससहित, ८ मेगापिक्सेल वाइड एंगल लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल म्याक्रो सेन्सर छन् ।

रेडमी नोट टेन एसमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ । यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । यसमा ५ हजार एमएचको ब्याट्री राखिएको छ । जसले ३३ वाटको चार्जिङ सपोर्ट गर्छ ।

साओमी नेपालमा रेडमी नोट टेन एसको मूल्य कति हुन्छ खुलाएको छैन् । तर भारतमा यस फोनको सुरूवाती मूल्य १४ हजार ९९९ भारू तोकिएको छ । त्यस आधारमा नेपालमा २५ हजारको वरिपरि पर्ने अनुमान गर्न सकिछ ।