कीवर्डहरू -

इन्जिनियरिङको अनलाइन प्रवेश परीक्षा तयारी कक्षा अब क्ल्याम्पहुकमा

इन्जिनियरिङको अनलाइन प्रवेश परीक्षा तयारी कक्षा अब क्ल्याम्पहुकमा

क्ल्याम्पहुक एकेडेमीले स्नातक तहको लागि इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिरहेको छ ।

अघिल्ला वर्षहरूमा विशेष गरी उपत्यका बाहिरका विद्यार्थीहरूले इन्जिनियरिङको प्रवेश परीक्षाका विषयमा समयमै सही जानकारी नपाएर धेरै क्षमतावान विद्यार्थीको शैक्षिक वर्ष गुमाउनु पर्ने अवस्था देखेर गत वर्ष देखि क्ल्याम्पहुक एकेडेमीका संस्थापक इन्जिनियर बिक्की छन्त्याल बताउँछन् ।

‘काठमाडौं उपत्यका बाहिरका विद्यार्थीहरू १२ कक्षाको परीक्षा दिएर स्नातक तह अध्ययनका लागि विभिन्न प्रवेश परीक्षाहरूको तयारी गर्न तत्काल काठमाडौं आउनुपर्ने बाध्यता थियो, त्यो अब हटेको छ’, छन्त्याल भन्छन्, ‘यसले विद्यार्थीको तयारी कक्षा पढ्न काठमाडौं बस्दा खाँदा लाग्ने खर्च समेत जोगिएको छ ।’

क्ल्याम्पहुकले संचालन गरेको अनलाइन प्रवेश परीक्षा कक्षा प्रभावकारी र सर्वसुलभ रहेको छन्त्याल दावी गर्छन् ।इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोक क्याम्पसबाट ‘ग्रयाजुएट’ भएका इन्जिनियरको टिमले गत वर्ष भएको लकडाउनकै बीचमा क्ल्याम्पहुक एकेडेमी स्थापना गरेको थियो ।

अघिल्लो वर्ष देखि अनलाइन कक्षा सञ्चालन गरिसकेको क्ल्याम्पहुकले निषेधाज्ञाका कारण घरमै रहेका विद्यार्थीको समय फलदायी होस् भनेर यो पटक १२ को अन्तिम परीक्षा अगावै अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।

विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी सर्वसुलभ होस् भनेर क्ल्याम्पहुकबाट उपलब्ध हुने सबै सुविधासहित सम्पुणर् कोर्सको ६ हजार रुपैयाँ मात्र तोकिएको क्ल्याम्पहुकले जनाएको छ ।

न्युनतम शुल्क

क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षाको शुल्क ६ हजार तोकेको जनाएको छ ।

‘बिभिन्न संस्थाहरूले आठ-दश वर्ष अघि देखिनै इन्जिनियरिङको ‘इन्ट्रान्स क्लास’को शुल्क बीस हजार माथी लिदै आएका थिए’, क्ल्याम्पहुकका संस्थापक छन्त्याल भन्छन् ‘अनलाइन कक्षाले गर्दा ६ हजार मै गुणस्तरीय तयारी कक्षा संचालन गर्न सफल भएका छौ ।’

भौतिक कक्षा संचालन गर्दा संस्थाको घर भाडा, कक्षा कोठा ब्यवस्थापन खर्च तथा ठूलो संख्यामा कर्मचारीको संख्या आवश्यक पर्ने र अनलाइन कक्षा संचालन गर्दा ती खर्चको कटौती हुँदा न्यूनतम शुल्कमा कक्षा संचालन गर्न सफल भएको क्ल्याम्पहुकको दावी छ ।

‘अहिले महामारीको जटिल समय छ, हामिले संस्थाको मुनाफालाई ध्यान दिएका छैनौं’, छन्त्याल भन्छन् ‘इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षा सर्वसुलभ होस् भनेर धेरै इन्जिनियरिङका साथीहरू क्ल्याम्पहुकलाई साथ दिइरहनुभएको छ ।’

‘क्ल्याम्पहुकमा कक्षा लिने सबै शिक्षकहरु पुल्चोकबाटै ‘ग्य्राजुयट’ इन्जिनियर र पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्दै गरेर अघिल्लो वर्षका आइओई टपर हुनुहुन्छ’, छन्त्यालले भने, ‘आइओइ प्रवेश परीक्षा तयारीका लागि विद्यार्थीले ध्यान दिनु पर्ने ‘माइक्रो लेभल’का कुराहरू पनि क्ल्याम्पहुकले सिकाउँछ ।’

कक्षाहरू लाइभ अनलाइनसँगै रेकर्डेड क्लास पनि उपलब्ध गराइने अर्का संस्थापक कम्प्युटर इन्जिनियर विप्लव गौतमले बताए ।

विद्यार्थीलाई गणित, फिजिक्स, केमेस्ट्री तथा अंग्रेजी विषयको आइओइ प्रवेश परीक्षाको सेलेबसमा आधारित डिजिटल नोटको व्यवस्थासमेत गरिएको छ ।

विगतका वर्षदेखि ‘आइओई इन्ट्रान्स’मा आएको प्रश्नहरूको आधारमा तयार पारिएको मोडल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने छ ।

क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाई हरेक शनिबार ‘बिक्ली मक टेस्ट’ को व्यवस्था गरिएको छ । त्यस्तै २४ घण्टा विद्यार्थीहरुले प्रश्नहरू सोध्नका ‘डिस्कर्ड प्लयाटफम’ उपलब्ध गराइने छ ।

प्रवेश परीक्षामा ‘मल्टिपल च्वाइस कोइसन’ सोधिने र त्यस्ता खालका प्रश्नहरूमा अभ्यास आवश्यक पर्ने हुँदा अधिकांश विद्यार्थीहरूले प्रवेश परीक्षा तयारी कक्षा लिने गर्छन् ।

पुल्चोक क्याम्पसको ५७६ सिटका लागि हरेक वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले आइओईको प्रवेश परीक्षामा सहभागी हुने गरेका छन् ।

केन्द्रीय क्याम्पस पुल्चोकबाहेक इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ४ आंगिक क्याम्पस लगायत निजी कलेजमा भर्ना पाउन पनि विद्यार्थीले राम्रो मेरिटमा परीक्षा पास गर्नु पर्ने हुन्छ ।