कीवर्डहरू -

माछापुच्छ्रे बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

माछापुच्छ्रे बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

दराजले ‘बैंक डे अफर’का लागि माछापुच्छ्रे बैंकसँग साझेदारी गरेको छ । यो साझेदारीसँगै अब माछापुच्छ्रे बैंकको कार्डबाट भुक्तानी गर्दा  ग्राहकले १५ प्रतिशत वा अधिकतम ५०० सम्मको छुट पाउने छन् ।

माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत भुक्तानी गरेर १५ प्रतिशत सम्म छुट पाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहीबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अथवा अधिकतम ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा अधिकतम ५०० सम्मको छुट पाउन सक्नेछन् ।

छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा ई कमर्स एक्टिभ गर्न सक्नेछन् । ग्राहकहरूले अब माछापुच्छ्रे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सकिन्छ ।

साथै माछापुच्छ्रे बैंकले दराजसँगको साझेदारीमा ० प्रतिशत ईएमआई  सुविधा पनि ल्याएको छ ।