कीवर्डहरू -

त्रिविले स्नातक तह प्रथम वर्षको अनलाइनबाटै परीक्षा आवेदन फारम भर्ने समय बढायो 

त्रिविले स्नातक तह प्रथम वर्षको अनलाइनबाटै परीक्षा आवेदन फारम भर्ने समय बढायो 

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आवेदन फारम भर्न सक्ने समय बढाएको छ । अब असार ७ गतेसम्म परीक्षा फारम भर्न सकिने छ ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको एक सूचना सार्वजनिक गर्दै स्नातक तहको प्रथम वर्षको परीक्षा आवेदन फाराम असार ७ गतेसम्म अनलाइनबाट भर्न सक्ने जनाएको छ ।

स्नातक तहको प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भर्ने समयभित्र अझै केहि क्याम्पस तथा विद्यार्थीहरुले अनलाइनमा फाराम भर्न नसकेको भन्ने गुनासो आएपछि समय थप गरिएको हो ।

अनलाइनबाटै परीक्षा आवेदन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि अनलाइन फर्ममा क्लिक गरेर प्राप्त निर्देशन अनुसार परीक्षा आवेदन फाराम भर्न सकिने छ ।

\"\"

\"\"