कीवर्डहरू -

‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर राख्दै गूगल

‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर राख्दै गूगल

गूगलले ‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर पनि राख्न सक्ने भएको छ । यो फिचर एप्पलको फाइण्ड माई नेटवर्कमा पनि रहेको छ । नाइन टू फाइभ गूगलले यही सन्दर्भसँग जोडिएको एपीआई भेटाएको छ ।

एन्ड्रोइडमा पहिले देखिनै फाइण्ड माई डिभाइस फिचर रहेको छ जसले वाईफाई वा डेटा कनेक्सनले फोन कहाँ छ भनेर थाहा हुन्छ । अब यसमा ब्लुटुथ कनेक्सनको फिचर राखिने पनि भएको छ ।

त्यस्तै गूगलले अल्ट्रा वाईडब्याण्डको फिचर पनि राख्ने भएको छ । यसले गर्दा तपाईको डिभाइस कहाँ छ भन्ने बारे जानकारी पाउन सकिन्छ । यो प्रोजेक्टलाई गूगलले पूरा गर्छ भन्ने बारे कुनै जानकारी आएको छैन् ।