कीवर्डहरू -

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि यथावत सुचारू

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि यथावत सुचारू

नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले शुक्रबार दिउँसो ४ बजदेखि सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द भएको थियो ।

नबिल बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै आजबाट सम्पूर्ण बैंकिङ सेवा यथावत रूपमा सुचारू हुने जानकारी दिएको छ ।

यसअघि ३ दिनसम्म बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द भएका थिए ।

\"\"