कीवर्डहरू -

भोलिबाट टुटल र पठाओ सञ्चालनमा आउने

भोलिबाट टुटल र पठाओ सञ्चालनमा आउने

काठमाडौं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएसँगै राइड शेयरिङ प्लेटफर्म सञ्चालनमा आउने भएका छन् ।

प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै मंगलबारदेखि पठाओ र टुटल लगायतका राइड शेयरिङ प्लेटफर्म सञ्चालनमा आउने भएका हुन् ।

काठमाडौं उपत्यका प्रशासनले मंगलबारदेखि जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै राइड शेयरिङ प्लेटफर्म पनि सञ्चालनमा आउने तयारी गरेका छन् ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्ने तयारी पठाओले गरेको छ । यता टुटलले पनि भोलिदेखि आफ्नो सेवा सुरू गर्ने तयारी गरेको छ ।