कीवर्डहरू -

‘भुक्तानी सेवा प्रदायक सञ्चालन गर्न एनसेलले कुनै निर्णय लिएको छैन’

‘भुक्तानी सेवा प्रदायक सञ्चालन गर्न एनसेलले कुनै निर्णय लिएको छैन’

निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलले भुक्तानी सेवा प्रदायकको रुपमा (मोबाइल वालेट) सञ्चालन गर्न कुनै पनि निर्णय नलिएको बताएको छ ।

अर्थमन्त्र मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रकाशन गर्दै एनसेलको सहायक कम्पनीमार्फत भुक्तानी सेवा प्रदायक सेवा सञ्चालन गर्न अनुमति दिएको उल्लेख छ ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल प्राइभेट लिमिटेडलाई सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न स्वीकृति दिएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ ।

उक्त विषयमा सञ्चार माध्यममा आएका समाचारको बारेमा प्रतिक्रिया दिदै एनसेलले ‘सहायक कम्पनी खडा गरेर भुक्तानी सेवा प्रदायक सञ्चालन गर्न पाउने’ भन्ने कुरा आए पनि सञ्चालनको लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स (अनुमतिपत्र) पाएको भन्ने कुरा सत्य नभएको बताएको छ ।

एनसेलले सन् २०१६ देखि सायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकन गर्न र सम्भावना हेरिरहेको थियो । तर अन्य व्यावसायीक प्राथमिकताका कारण हालसम्म यस सम्बन्धमा कुनै निर्णय नलिएको एनसेलले बताएको छ ।

एनसेलले ६ वर्षअघि देखि नै भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्न चाहिरको थियो । उसले भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न भन्दै आफ्नो प्रबन्धपत्रमा संसोधन गरी कम्पनी रजिष्ट्रार कार्यालयमा अध्यावधिक गराउन साउन २०७३ साउन २५ नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष नो अब्जेक्सन माग गरेको थियो ।

भुक्तानी सेवा प्रदायकको व्यवसायीक नियमनमा प्रष्टता अभावले गर्दा एनसेलले माग गरेको 'नो अब्जेक्सन' लामो समयसम्म पाउन सकेन ।

२०७६ वैशाख ६ मा प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी पात्रमा हस्ताक्षर भएपछि नियमनको कुरा प्रष्ट भएको थियो ।

त्यसपछि २०७६ असार २ मा प्राधिकरणले सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकको व्यवसाय गर्न एनसेललाई स्वीकृति दिएको थियो ।

तर, उक्त स्वीकृतिमा एनसेलको सायक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिएपछि मात्र भुक्तानी सेवा प्रदायकको व्यवसाय गर्न पाउने सर्त राखिएको थियो ।